अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेस्रो संशोधन विधेयक, २०७९ मा निजी क्षेत्रलाई पनि अख्तियारको दायरामा ल्याउने व्यवस्था संविधान विपरीत भएको भन्दै निजी क्षेत्रले विरोध जनाएका छन् ।
चलचित्र विकास बोर्डको २३औँ वार्षिकोत्सवको अवसरमा विभिन्न विधामा राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गर्नको लागि पछिल्ला दुई वर्ष रिलिज भएका नेपाली चलचित्रहरूको आवेदन माग गरेको छ ।
शिवसताक्षी नगरपालिका –९ मा बन्द भएको ३४ वर्षपछि हाटबजार लाग्न सुरु गरेको छ । विभिन्न कारण देखाउँदै २०४६ सालदेखि बन्द भएको आइतबारे हाट आइतबारदेखि लाग्न सुरु भएको हो । सो बजार २०४२ सालमा स्थापना गरी सञ्चालनमा ल्याइएको थियो ।
जिल्लामा चैते धान खेतीको क्षेत्र विस्तार हुँदै गएको छ । जिल्ला भित्रका विभिन्न फाटमा बर्सेनि चैते धान खेती विस्तार हुँदै गएको हो ।
आन्तरिक द्वन्द्वमा फसेको सुडानको शान्ति मिसनमा रहेका नेपाली सुरक्षा अधिकारीहरू सबै सुरक्षित रहेको नेपाली सेनाले जनाएको छ ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले मन्त्रिपरिषद्को आदेश विपरीत भित्तेपात्रो प्रकाशन गरेको भेटिएको छ ।
स्पेनिस ला लिगा फुटबलको उपाधि दौडमा रहेको बार्सिलोनाले एट्लेटिको म्याड्रिडमाथि कठिन जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले एट्लेटिको म्याड्रिडलाई १-० गोलले हरायो ।
बुट्यान बढेर कुरूप देखिएको सिद्धार्थ गौतम बुद्धको गृह नगरी तिलौराकोट राजदरबार परिसरको सरसफाइ गरिएको छ ।
म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा ब्राइटनलाई सडनडेथमा ७-६ गोलले हरायो ।
कोरोना भाइरसको महामारी सुरु हुनुअघि सन् २०१९ को सोही अवधिको तुलनामा पछिल्लो त्रैमासिक अवधिमा जापानमा होटलको औसत मूल्य १५ प्रतिशतले बढेको एक सर्वेक्षणले देखाएको छ ।
एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत नेपाल र साउदी अरबबीचको खेल वर्षाले प्रभावित बनेको छ । सोमबार ९:०० बजेदेखि मूलपानी मैदानमा सुरु हुनुपर्ने खेल वर्षाका कारण टस समेत नभई रोकिएको छ ।
अकस्मात आज हरिलाई पशुपतिको भिक्षा माग्न लहरै लाम लागेर बसेको देख्दा छक्क परेँ । मुखमा पनि कालो कालो दलेको, झुत्रो कमिज र त्यस्तै फाटेको हाफ पाइन्टमा हरि आफ्नोसामु एउटा सिलेवरको थाल ठटाउँदै “गरिबलाई सहयोग गर्नुहोस् हजुर” भन्दै भिक्षा मागेको देखेँ । एकैछिन टक्क अडेर हेरिरहेँ । उसले देखे न देखे झैँ गरेको ।
हामी उसलाई ‘गुरु’ भन्ने गर्दछौँ; किन भन्दछौँ, यसको कुनै अर्थताŒिवक परिभाषा हामीसँग छैन । एउटा कुरा भने निश्चित के छ भने ऊ कुनै पनि कुरा परिहासपूर्ण तरिकाले यस्तरी भन्ने गर्दछ, मानौँ उसलाई कुनै पी