आफ्नो प्रमुख सहयोगी दक्षिण कोरियाका शीर्ष अधिकारीहरूसँगको बैठकपछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङकेनले बिहीबार युक्रेनमाथि रुसी आक्रमणमा सहयोग गर्न रुसमा हतियार पठाएकामा उत्तर कोरियाको आलोचना गर्नुभएको छ ।
सरकारले प्रधानमन्त्रीलगायत मन्त्रिपरिषद्का सबै सदस्यको एक महिनाको पारिश्रमिक भूकम्प पीडितलाई उपलब्ध गराउने निर्णय गरेको छ । बिहीबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले एसियन मुलुकका बैङ्कका प्रमुखकार्यकारी अधिकृत (सिइओ) हरूलाई नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको छ ।
रेशमलाल चौधरीविरुद्धको मुद्दा स्थगित भएको छ । चौधरीविरुद्धको मुद्दामा पाँच महिनापछि तोकिएको सुनुवाइ स्थगित भएको हो ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनको निमन्त्रणामा अमेरिकाको पाँचदिने औपचारिक भ्रमणमा वासिङ्टन डिसी आउनुभएका परराष्ट्रमन्त्री नारायणप्रसाद (एनपी) साउदले यहाँ महत्वपूर्ण भेटघाट गरी द्विपक्षीयहितका बहुआयामिक छलफल गर्नुभएको छ ।
जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावितका लागि धनगढी उपमहानगरपालिकाले बिहीवार खाद्यन्न सहयोग गरेको छ ।
वर्षा ऋतुको अन्त्य शरदमा सामान्यतया चारैतिर हरियालीले भरिएको हुन्छ भन्ने सबैको बुझाइ छ । तर पाल्पाको निस्दी गाउँपालिका –५ स्थित बुढिकोट सामुदायिक वनमा रहेको सालका बोटहरु कात्तिक महिनामै फागुन–चैतको झल्को दिनेगरी उजाड भइसकेको छ ।
मधेस विश्वविद्यालयले कानुन र जनप्रशासन सङ्कायमा भर्ना भएका विद्यार्थीका लागि अनुशिक्षण कक्षा सञ्चालन गरेको छ ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव कायमै छ । आज दिउँसो देशको तराईका भूभागमा मौसम सामान्यतया सफा रहने तथा पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहने मौसमविद् गोविन्द झाले जानकारी दिनुभयो ।
कानुनी परामर्शका लागि कानुनी शिविर अभियान सञ्चालन गरिएको छ । संस्थागत सुधारमार्फत न्यायमा पहुँच अभिवृद्धि परियोजना अन्तर्गतको महिला सशक्तीकरण मञ्चले दैलेखको नौमुले गाउँपालिका–८ मा कानुनी शिविर सञ्चालन गरेको हो ।
नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रका बाह्य र आन्तरिक क्षेत्र सकारात्मक रहेको बताउनुभएको छ ।
महोत्तरीको औरही नगरपालिका–२, बाट गत मङ्गलबारदेखि एकसाथ बेपत्ता भएका पाँच जना किशोरी धनुषाको ढल्केवरमा फेला परेका छन् । बिहीबार बिहान १० बजे ढल्केवरस्थित पश्चिम चोकमा ती किशोरीहरू फेला परेका हुन् ।
पोखरामा आगामी मङ्सिर ९ गते गुरुङ समुदायमा आधारित तमु चलचित्र ‘सैंर्वे ट’ (मनको फूल) को विशेष प्रदर्शन (प्रिमियर सो) हुने भएको छ ।
बोर्डले आज एक विज्ञप्ति प्रकाशित गरी राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरद्वारा गत असोज ९ र १० गते सञ्चालन भएको कक्षा १२ को ग्रेडवृद्धि ९पुरक० परीक्षाको नतिजा प्रकाशित गरिएको जनाएको छ ।
जिल्लाको दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिका–३ को श्रीनगर स्वास्थ्य चौकी नजिक बोलेरो जिप दुर्घटना हुँदा चालकसहित दुई जना घाइते भएका छन् ।