प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले लेख्नुभएको पुस्तक ‘यात्रा जिन्दगी’ सरलता र इमानदारिताको प्रतीक भएको बताउनुभएको छ ।
डेंगुबाट गण्डकी प्रदेशमा सबैभन्दा प्रभावित तनहुँमा बिरामीको सङ्ख्या घट्न थालेको छ । जाडो याम सुरु भएसँगै बिरामीको सङ्ख्यामा कमी हुन थालेको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
गैर–नेपाली नागरिक अनुप मेहराविरुद्ध गैरकाुननी रूपमा पाँच करोड पाँच लाख ४२ हजार रुपियाँ भ्रष्टाचारको मुद्दा दायर भएको छ ।
दैनिक एक हजार भन्दाबढी मोटरसाइकल आवतजावत गदै आएको हुलाकी सडक अन्तर्गत धनुषा–सिरहा जोड्ने कमला नदीमा सञ्चालनमा आएको काठको पुल जीर्ण बन्दै गएको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष पङ्कजविक्रम नेम्वाङविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत भएको छ ।
जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी घाइते भएकाहरूका लागि पाल्पाको रामपुरमा २२ पिन्ट रगत सङ्कलन गरिएको छ । रामपुर नगरपालिकाले रक्तदान कार्यक्रम गरी बिहीबार रगत सङ्कलन गरेको हो ।
बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभाबाट पारित भई आएका दुई वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ ।
अखिल नेपाल किसान महासङ्घले आगामी आवको नीति तथा कार्यक्रममा कृषिक्षेत्रको व्यावसायीकरण गरी निर्यात प्रवर्द्धन गर्न राष्ट्रिय योजना आयोगलाई आग्रह गरेको छ ।
बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न हेटौँडामा सार्वजनिक सवारीसाधनका चालक र सहचालकको निःशुल्क आँखा परीक्षण गरिएको छ ।
नेपालगन्ज रङ्गशालामा निर्माण गरिएको देशकै दोस्रो सबैभन्दा ठुलो पौडी पोखरीमा पहिलो पटक लुम्बिनी प्रदेशस्तरीय स्विमिङ प्रतियोगिता आयोजना गरिने भएको छ । निर्माण भएको चार वर्षपछि सो पौडी पोखरीमा पहिलो पटक कुनै प्रतियोगिता हुन लागेको हो ।
नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबुक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई आज पक्राउ गरेको छ ।
नेपाली सेनाले सर्लाहीको बरहथवा नगरपालिका–११, हीरापुरमा प्रसूति गृह (बर्थिङ सेन्टर) निर्माण गर्ने भएको छ ।
भूमिसुधार तथा मालपोत कार्यालय, इनरुवा सुनसरीमा कार्यरत नायब सुब्बा सुदिप कटुवाल र खरिदार रमेश अधिकारीविरुद्ध एक लाख ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
बुटवलमा दीपावली महोत्सव हुने भएको छ । नेपालीहरूको दोस्रो महान् पर्व तिहारको अवसरमा बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीको आयोजनामा बुटवलको मुख्य बजार अमरपथ क्षेत्रमा यही कात्तिक २५, २६ र २७ गते तीन दिने ‘दीपावली महोत्सव–२०८०, बुटवल’ गर्न लागिएको हो ।
नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)को विज्ञ टोलीले झापाका तीन वटा जातिको रैथाने खानाको अध्ययन गरेको छ । पर्यटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको प्रतिष्ठानबाट रैथाने खानाको अध्ययनका लागि पर्यटन विज्ञ डा.आलोक प्रसाईँको नेतृत्वमा चार सदस्यीय टोली झापा आएको हो ।