हिमाल आरोही निर्मल पुर्जा (निम्स दाइ) ले बिहीबार जिल्ला प्रशासन कार्यालय म्याग्दीबाट गैर आवासीय नेपाली नागरिकता लिनुभएको छ ।
लेड (सिसा) मापदण्डको प्रभावकारी कार्यान्वयन हुनुपर्ने कार्यक्रमका सहभागीहरूले बताएका छन् । अन्तर्राष्ट्रिय सप्ताह २०२३ को अवसरमा जनस्वास्थ्य तथा वातावरण प्रवर्धन केन्द्र काठमाडौँले एकीकृत सामाजिक विकास केन्द्र नेपालगन्जसँगको सहकार्य र उपमहानगरपालिकासँगको समन्वयमा यहाँ आयोजित कार्यक्रममा वक्ताहरूले त्यस्तो बताएका हुन् ।
पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले राष्ट्रिय अर्थतन्त्रलाई असर पार्ने दीर्घकालीन समस्याको सम्बोधन गर्न सबै सरोकारको सामूहिक प्रयासलाई सरकारले जोड दिइरहेको बताउनुभएको छ ।
गुल्मीमा भुस्याहा कुकुरले टोक्दा १७ जना घाइते भएका छन् । जिल्लाको रुरुक्षेत्र गाउँपालिका र छत्रकोट गाउँपालिकामा भुस्याहा कुकुरले टोक्दा १७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले जाजरकोटका भूकम्पपीडितलाई राहतस्वरुप २६ लाख रकम सहयोग गर्ने भएको छ । कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगर नगरपालिकाले २६ लाख रकम सहयोग गर्ने निर्णय गरेको हो ।
मुगुको छायाँनाथ रारा नगरपालिका–४ भामवाडामा विद्युतको तार सर्ट भई एक घर जलेर नष्ट भएको छ । सोमबार अपरान्ह १२ बजेतिर विद्युत सर्ट हुँदा देवीराज रावलको घर जलेर नष्ट भएको हो ।
पर्यटनको गन्तव्य बन्दैगएको पर्वतमा पर्यटन संस्कृति प्रवर्धनका लागि साहित्यसँग सम्वन्धित संस्थाको संयुक्त पहलमा काव्ययात्रा थालिएको छ । लोकसंस्कृति अध्येता तथा अनुसन्धानकर्ता कालीभक्त पन्तको जन्मभूमि फलेवासमा काव्ययात्रा गरिएको हो ।
रुकुम-पश्चिम आठबिसकोट हीरा विक माइतीमा नगएको धेरै भएको थियो । दाइहरू भदाभदैसँग भेट्न जाने भन्दाभन्दै घरको कामले समय नै मिलाउन नसकेर उहाँ माइतीमा जान पाउनुभएको थिएन ।
जिल्ला प्रहरी कार्यालय कैलालीको थुनुवा कक्षमा एक जना थुनुवाको मृत्यु भएको छ । धनगढी –१६ घसिटाका ३१ वर्षीय कृष्णबहादुर सेटीको बिहीबार (आज) बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी कुलदिप चन्दले बताउनुभयो ।
भीरकोट नगरपालिकादेखि पर्वतको हुवास बजार जोड्ने बयरघारी, मोहनडाँडा, ठूलीभञ्ज्याङ सडकको कालोपत्रे गर्ने काम धमाधम अगाडि बढेको छ । भीरकोटको नगरपालिकातर्फ १२ किलोमिटर र पर्वततर्फ साढे छ किलोमिटर सडक छ ।
जाजरकोटमा गएको भूकम्पले निम्त्याएको विपद्ले ठुलो मात्रामा मानवीय र भौतिक क्षति गरेको छ । भौगोलिक रूपले विकट अति प्रभावित क्षेत्र आठविसकोटमा भूकम्पलगत्तै पुगेको नेपाली सेनाले खोज, उद्धार र उपचारमा अब्बल भूमिका खेलेको छ ।
म्याग्दीको धार्मिक एवम् प्राकृतिक पर्यटकीय स्थल मालिका धुरीबाट देखिएको गुर्जा हिमालको रमणीय दृश्य । आकाश खुलेसँगै हिमाल हेर्न आन्तरिक पर्यटकहरु मालिका धुरी पुग्न थालेका छन् ।
गत कात्तिक १७ गते शुक्रबार राति जाजरकोट र रुकुम पश्चिमलगायतका स्थानमा गएको भूकम्पपछि स्वास्थ्य सङ्कट निम्तने सक्ने अवस्थातर्फ तत्काल ध्यानदिनुपर्ने देखिएको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को विशेष साधारण सभा बिहीबार हेटौँडामा सुरु भएको छ ।
मधेश प्रदेश सरकारले प्रदेश प्रहरी समायोजन लगायतका ६ बुँदे माग राखी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापन पत्र बुझाएको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पुगेर मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवसहितको टोलीले ध्यानाकर्षण पत्र बुझाएको हो ।