• २४ वैशाख २०८१, सोमबार

आहा सुन्दर गुर्जा हिमाल !

blog

म्याग्दीको धार्मिक एवम् प्राकृतिक पर्यटकीय स्थल मालिका धुरीबाट देखिएको गुर्जा हिमाल । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य
म्याग्दी, कात्तिक २३ गते ।
म्याग्दीको धार्मिक एवम् प्राकृतिक पर्यटकीय स्थल मालिका धुरीबाट देखिएको गुर्जा हिमालको रमणीय दृश्य । आकाश खुलेसँगै हिमाल हेर्न आन्तरिक पर्यटकहरु मालिका धुरी पुग्न थालेका छन् ।

यहाँबाट गुर्जा, चुरेन, मानापाथी, धवलागिरी, अन्नपूर्ण, निलगिरी, माछापुच्छ्रेलगायत एकदर्जन हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ ।

समुद्री सतहदेखि ३३ सय मिटरको उचाइमा रहेको मालिका धुरीमा मालिका देवीको मन्दिर छ । ज्येष्ठी पूर्णिमा, चण्डी पूर्णिमा र भाइटीकाका दिन विशेष पूजाआजा हुनेगर्दछ । मालिका देवीको दर्शन गरेमा मनोकामना पूरा हुने जनविश्वास छ ।