सन् २०२३ को ११ महिनामा नौ लाखभन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्क अनुसार सन् २०२३ को जनवरीदेखि नोभेम्बरसम्म हवाई मार्ग भएर नौ लाख १८ हजार ३०८ पर्यटक नेपाल प्रवेश गरेका छन् । बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार सरकाले सन् २०२३ मा १० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य लिएकोमा नोभेम्बरमा एक लाख आठ हजार ६३० जना पर्यटक नेपाल भित्रिएसँगै सरकारको लक्ष्य नाघ्ने अपेक्षा गरिएको छ । उहाँले भन्नुभयो, “सन् २०२२ को नोभेम्बरमा ७२ हजार ६५३ पर्यटक नेपाल भित्रिएका थिए भने सन् २०२१ को सोही अवधिमा २६ हजार १३५ पर्यटक नेपाल भित्रिएका थिए ।
चालु आर्थिक वर्षको चार महिनामा पेट्रोलियम पदार्थको आयात नौ प्रतिशतले घटेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि कात्तिकसम्म ८८ अर्ब ९८ करोड ४४ लाख २२ हजार रुपियाँको आठ लाख किलोलिटर पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल, मटितेल, ग्यास र हवाई इन्धन) आयात भएको हो ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित थामी भाषा
आठ दिनदेखि सम्पर्कविहीन रहेका एक युवक कालीगण्डकी नदीमा मृत फेला परेका छन् । पाल्पाको पूर्वखोला –१ सिलुवा घर भई रामपुर नगरपालिका –७ किसानबारी बस्दैआएका २२ बर्षीय सन्तोष पन्थी शुक्रबार तनहुँको घिरिङ गाउँपालिका–१ गडौलीटार स्थित कालीगण्डकी नदी किनारमा मृत फेला परेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले सम्मेलनमा नेपाल विश्व समुदायको प्राथमिकतामा परेको बताउनुभयो ।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको क्रममा “मुक्त कमलहरीको एक दशक -स्वतन्त्र बन्धक मजदुरका अनुभव र कथा_ को विषयमा छलफल भएको छ।
भोलि बुटवल रामनगरमा रहेको बुटवल अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा हुने प्रदेश सम्मेलनलाई पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता डा. शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री किशोरसिंह राठौर,केन्द्रीय सदस्य,प्रदेश सभापति लगायतले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।
राष्ट्रिय अपाङ्ग महासङ्घ, नेपालले नेपाल सरकाले अपाङ्गता भएका व्यक्तिको अधिकारका लागि बनेका ऐन, कानुन, नीति, नियमलाई कार्यान्वयन गर्न सङ्घीयस्तरमा प्रधानमन्त्री कार्यालयमा ‘अपाङ्गता अधिकार प्रवद्र्धन समिति’ गठन गरी सोको संरचना सङ्घ प्रदेश र स्थानीय तहसम्म पुर्याउनुपर्ने माग गरेको छ ।
२०६२र०६३ को जनआन्दोलनपछि जन्मिएको पुस्ता नै आज १७ वर्षको युवा भएको छ । त्यो पुस्तालाई न राजतन्त्रको अन्धकार थाहा छ, न गणतन्त्रका उपलब्धिमा चित्त बुझाउन सकेको छ । तसर्थ, गणतन्त्रको सौन्दर्य आमनागरिकसम्म पुर्याउन ढिलाइ नगरौँ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नागरिकका सबैखाले अधिकारको संरक्षण तथा प्रयोग लोकतन्त्रमा मात्रै सम्भव हुने बताउनु भएको छ ।
स्याङ्जाको सुन्तला भने पछि लोकप्रिय रहेको छ। रसिलो र स्वादिलो सुन्तला कै कारण जिल्लाको सुन्तला प्रसिद्ध भएको हो। स्याङ्जामा प्रशस्त उत्पादन हुने सुन्तलाको बजारीकरणका लागि पालिकाले विभिन्न रणनीति अपनाउँदै आएका छन्।
जिल्लाका दुई हजार ७६ जना १६ देखि २३ महिनाका बालबालिकालाई पूर्ण खोप लगाइएको छ । स्वास्थ्य कार्यालय अर्घाखाँचीले शुक्रबार प्रतिवेदन सार्वजनिक गर्दै जिल्लालाई पूर्ण खोप घोषणा समेत गरेको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशमा शान्ति सुरक्षा कायम गर्न प्रदेश सरकार हरेक प्रकारको सहयोग गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश र स्थानीय सरकारकाबिच जिल्ला समन्वय समितिले पुलको काम गरेको बताउनु भएको छ ।
मधेश प्रदेश सभामा प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० प्रस्तुत गरिएको छ ।