• १२ साउन २०८१, शनिबार

सबै बालबालिकालाई पूर्णखोप

blog

बैठकपछि खोप अभियानमा योगदान गरेकालाई सम्मान गर्दे प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल । तस्बिर : राधा नेपाली

राधा नेपाली 

सन्धिखर्क, मङ्सिर १५ गते । जिल्लाका दुई हजार ७६ जना १६ देखि २३ महिनाका बालबालिकालाई पूर्ण खोप लगाइएको छ । स्वास्थ्य कार्यालय अर्घाखाँचीले शुक्रबार प्रतिवेदन सार्वजनिक गर्दै जिल्लालाई पूर्ण खोप घोषणा समेत गरेको छ । 

जिल्ला खोप समन्वय समिति, जिल्ला कोभिड खोप अभियान सञ्चालन तथा अनुगमन समितिको संयुक्त बैठकले पूर्ण खोप जिल्ला घोषणा गरेको हो । प्रतिवेदनअनुसार जिल्लाका दुई हजार कुल दुई हजार ७६ जना बालबालिकामध्ये दुई हजार ६२ जनाले खोपकार्ड प्राप्त गरेका छन् । १४ जनाले खोप कार्डको प्रक्रियामा छन् । 

पूर्ण खोप प्राप्त गरेका बालबालिकामध्ये सितगंगा नगरपालिकामा सबैभन्दा धेरै ५८९ जना रहेका छन् । भूमिकास्थान नगरपालिकामा ३८६, सन्धिखर्क नगरपालिकामा ३२५, मालारानी गाउँपालिकामा २६५, छत्रदेव गाउँपालिकामा २३५ र पाणिनी गाउँपालिकामा २७६ जनाले पूर्ण खोप पाएका छन् ।  

बैठकमा प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले पूर्ण खोप घोषणापछि  खोपको सुनिश्चितता र दिगो हुन आवश्यक रहेको बताउनुभयो । जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइरालाले पूर्ण खोप निरन्तरता र सुनिश्चिततामा जोड दिनुभयो । 

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख शिव सार्कीले भन्नुभयो, “बच्चालाई पूर्ण खोपको सवालमा अर्घाखाँचीले उल्लेखनीय सफलता हासिल गरेको छ । हामी उत्साहित छौँ । नागरिकमा पनि चेतनास्तर वृद्धि भएको पाइएको छ ।”