• १३ मंसिर २०८१, बिहिबार

‘जिससले प्रदेश र स्थानीय सरकारकाबिच पुलको काम गरेको छ’

blog

जिल्ला सभाको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री कमलबहादुर शाह । तस्बिर : मुख्यमन्त्रीको सचिवालय

अविनाश चौधरी

धनगढी, मङ्सिर १५ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश र स्थानीय सरकारकाबिच जिल्ला समन्वय समितिले पुलको काम गरेको बताउनु भएको छ । 

कैलालीको चुरे गाउँपालिकामा शुक्रबार आयोजित जिल्ला सभाको उद्घाटन गर्नुहुँदै उहाँले जिल्ला समन्वय समितिको भूमिका राम्रो रहेको बताउनु भएको हो । प्राकृतिक रूपले सुन्दर विशेष गरी ‘पहाडकी रानी’ भनेर चिनिने चुरे क्षेत्रलाई कृषि, पर्यटनसँग जोड्नका लागि चुरे सडक निर्माणमा आफूले पहल गरिरहेको मुख्यमन्त्रीको भनाइ थियो । 

उहाँले सुदूरपश्चिम प्रदेशको समग्र विकासका लागि प्रदेश सरकारले आगामी फागुन २३ र २४ गते लगानी तथा विकास सम्मेलन आयोजना गर्ने तयारीमा जुटेको सभालाई जानकारी गराउनुभयो । उक्त सम्मेलनलाई सफल पार्नका लागि सहयोग गर्नसमेत मुख्यमन्त्री शाहले स्थानीय तहलाई आग्रह गर्नु भएको छ । 

जिल्ला समन्वय समिति कैलालीको आयोजनामा भएको जिल्ला सभामा कैलालीको स्थानीय तहका प्रमुख तथा उपप्रमुख, अध्यक्ष, उपाध्यक्षको सहभागिता रहेको थियो ।