• ६ माघ २०८१, आइतबार

प्रदेश सभामा कृषि विकास विधेयक प्रस्तुत

blog

सभाको बैठकमा कृषि विधेयक प्रस्तुत गर्नुहुदै मन्त्री गोविन्दबहादुर न्यौपाने । तस्बिर : धीरेन्द्रप्रसाद साह

धीरेन्द्रप्रसाद साह

जनकपुरधाम, मङ्सिर १५ गते । मधेश प्रदेश सभामा प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० प्रस्तुत गरिएको छ । 

मधेश प्रदेश सभाको दोस्रो अधिवेशनको शुक्रबार बसेको सातौँ बैठकमा प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री गोविन्दबहादुर न्यौपानेले सो विधेयक प्रस्तुत गर्नु भएको हो । उहाँले सभाको बैठकमा विधेयक प्रस्तुत गर्दै यस मन्त्रालयमा छ वर्ष बितिसक्दा पनि अहिलेसम्म कुनै ऐन नहुँदा समस्यासँगै मनपरी ढङ्गले चल्न थालेको बताउनुभयो । 

कृषि क्षेत्रमा विकाससम्बन्धी कुनै कानुन नहुँदा समस्या सिर्जना भएको छ, उहाँले भन्नुभयो, “कृषि क्षेत्रमा व्यापक विकास, कृषि उत्पादन, उत्पादकत्व वृद्धिगरी दिगो आर्थिक विकास गर्दै किसान र सरोकारवाला सामुन्ने बहुआयमिक चुनौतीहरू सम्बोधन गर्न प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० प्रस्तुत गर्दछु ।”

विधेयक प्रस्तुत भएसँगै १७ गते दिउँसो १ बजे बस्नेगरी सभाको बैठक स्थगित गरिएको मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले घोषणा गर्नुभयो ।