बाँकेको खजुरा गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउन विद्यालयहरूमा तहगत प्रधानाध्यापकको नियुक्ति गरेको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरको नेतृत्वमा खटिएका टोलीले भेरी नगरपालिका १ रावतगाउँमा भूकम्पमा परी मृत्यु भएका दुई घरपरिवारका लागि अस्थायी आवास निर्माण गरेका छन् ।
निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यको निर्वाचन तालिका सार्वजनिक गरेको छ । आगामी माघ ११ गते हुने निर्वाचनका लागि यही मङ्सिर अन्तिम साता दल दर्ता गर्ने तालिका छ ।
झापामा जङ्गली हात्तीको आक्रमणबाट फेरि एक जनाको ज्यान गएको छ । रणकाली सामुदायिक वन जलथलका चौकीदार हल्दीबारी गाउँपालिका –३ निवासी ४० वर्षीय धनबहादुर वनको हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला वन कार्यालय झापाले जनाएको छ ।
पछिल्लो समय किसानले गोरु पाल्न छाडेपछि खेतबारी जोत्न हाते ट्याक्टरको प्रयोगमा वृद्धि भएको छ । गाउँका युवाहरू विदेश पलायन हुने र गाउँमा वृद्धवृद्धा मात्र हुँदा हाते ट्याक्टरको प्रयोगमा वृद्धि भएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले एचआइभी नियन्त्रणमा नेपालले उल्लेखनीय उपलब्धि हासिल गरेको बताउनुभयो ।
बस्ती व्यवस्थापन गर्न नसकिँदा लामो समयदेखि निर्माण कार्य सुरु हुन नसकेको बहुप्रतीक्षित बाँकेको नौवस्ता औद्योगिक क्षेत्रको जग्गाको बस्ती व्यवस्थापनका लागि ड्रोनबाट सर्वे सुरु गरिएको छ ।
पाँच दिनसम्म चलेको वर माग्ने मेलाबाट १८ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ । जिल्लाको तिनाउ –४, सत्यवतीमा मङ्सिर ७ गतेदेखि ११ गतेसम्म चलेको वर माग्ने मेलामा भक्तजनले १८ लाख ५० हजार रुपियाँ भेटी चढाएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री वीरेन्द्रप्रसाद सिंहले एड्स संक्रमितलाई समाजमा विभिन्नखालका विभेद सहनुपरेको भन्दै त्यस्ता विभेद अन्त्य गर्नुपर्ने बताउनुभएको छ ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कुनै पनि बैंकले १६ प्रतिशत ब्याज लिएको भए राष्ट्र बैंकमा गुनासो गर्न आग्रह गर्नुभएको छ ।
बर्दियामा सडक दुर्घटनामा परी साढे तीन वर्षको अवधिमा एकसय २२ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाको पछिल्लो साढे तीन वर्षको तथ्याङ्कअनुसार सडक दुर्घटनामा परी एकसय २२ जनाको मृत्यु भएको हो ।
बुबा ६५ वर्षीय छेवाङ तामाङको हत्या गरेको अभियाेगमा गोसाइँकुण्ड गाउँपालिका–५ सानो भार्खु बस्ने गोपाल तामाङलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङस्थित अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविरमा रहेको पञ्चकुण्ड ताल जमेर बरफ बनेको छ ।
भारतीय राजधानीमा बुधबार हल्का वर्षा र हावाको गति बढेका कारण वायुको गुणस्तरमा उल्लेखनीय सुधार आएसँगै प्रतिवन्ध हटाइएको छ ।
कैलालीको लम्कीचुहा नगरपालिकास्थित लम्कीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएपछि मृतकका आफन्तले पूर्व–पश्चिम महेन्द्र राजमार्ग अवरुद्ध पारेका छन् ।