• २९ वैशाख २०८१, शनिबार

एक लाख ८० हजार नगदसहित १३ जुवाडे पक्राउ

blog

अमरराज नहर्की

तनहुँ, असार २१ गते । तनहुँ प्रहरीले एक लाख ८० हजार ४३० रुपियाँ नगद सहित १३ जुवाडे पक्राउ गरेको छ । उनीहरूलाई सोमबार रातीे पक्राउ गरिएको हो ।

   आबुखैरेनी गाउँपालिका–३ स्थित राजेन्द्र कुमार श्रेष्ठको बन्दै गरेको नयाँ घरको भुई तल्लामा कौडा खेलीरहेको अवस्थामा उक्त सङ्ख्या पक्राउ गरिएको र सो रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।

उहाँले जिल्ला प्रहरी कार्यालय तनहुँ र ईलाका प्रहरी कार्यालय आबुखैरेनी तनहुँको संयुक्त प्रहरी टोली पक्राउ गरिएको बताउनुभयो । १६ थान कौडासहित नियन्त्रणमा लिई मङ्गलबार तनहुँ जिल्ला अदालतबाट दिन ७ (सात) को म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रनाउ खड्काले जानकारी दिनुभयो ।