आधुनिकीकरण मानव सभ्यताको विकास र प्रगतिको प्रमुख चिह्नको रूपमा आधुनिक काल प्रारम्भ भएदेखि विभिन्न देशका जनताको सङ्घर्षको लक्ष्य बनेको छ । इतिहासलाई फर्केर हेर्दा, पश्चिमेली विकसित मुलुकले केही सय वर्ष लगाएर पूरा गरेको औद्योगीकरणको ऐतिहासिक प्रव्रिmया चिनियाँ कम्युनिस्ट पार्टीले चिनियाँ जनताको नेतृत्व गर्दै केही दशकको समयावधिमै सम्पन्न गरी चिनियाँ जाति पिछडिएको अवस्थाबाट सङ्घर्ष गर्दै दुःख कष्टबाट निस्केर समृद्धिमा पुग्ने भाग्य प
कूटनीतिक मामला व्यवस्थापन तथा समन्वयमा खास गरी परराष्ट्र क्षेत्रको कमजोरी पनि उजगार बेलाबेलामा हुँदै आएको छ । प्रस्ट नीतिगत व्यवस्थाको अभाव र सम्बन्धित अधिकारीका अविवेकका कारण सरकारी अधिकारी तथा राजनीतिक नेताहरूबाट कूटनीतिक मर्यादाविपरीत भइरहेको भेटघाट र आइरहेका अभिव्यक्तिका पछिल्ला नमुना हुन सक्छन् ।
‘देशको मेरुदण्ड त्यहाँका युवाको शिक्षामा लगानी हो ।’ – डिओजिन्स भुटानी सञ्चार माध्यमले भुटान ठुलो समस्यामा फस्दै छ भनेर एउटा तथ्य पस्केपछि घोत्लिएर पढेँ । तथ्य थियो, “गएको जनवरीसम्म भुटानका ३० हजार नागरिक संसारका ११३ देश हिँडे । तीमध्ये १२ हजार अस्टे«लिया गए ।” भुटानले प्रक्षेपण गरेको छ कि यही गति हो भने अबको २४ वर्षमा भुटान वृद्धवृद्धाको बस्ती मात्रै हुने छ । ३७४ जना नर्सले सरकारी जागिर छा
मानिसको जन्मपश्चात् मृत्यु स्वाभाविकै हो तर कसैको व्यक्तिगत वा सामूहिक स्वार्थका कारण बेपत्ता बनाउने कार्य मानव अधिकारको गम्भीर उल्लङ्घन मात्र नभई मानवताविरुद्धको अपराध पनि हो । संविधान, कानुनले दिशा निर्देश गरेको मुलुकमा वर्षौंसम्म आफ्ना नागरिक बेपत्ता हुनु र सरकार गम्भीर नहुनु सुहाउने विषय होइन । सशस्त्र सङ्घर्षका व्रmममा मात्र हैन, नेपालमा त्यसअघि पनि वैचारिक, राजनीतिक, सङ्गठनात्मक सङ्घर्षका व्रmममा विभिन्न आन्दोलन भए ।
नेपाली विद्युतीय मोटरसाइकल ‘गन्तव्य’ बजारमा आएको छ । सुन्दर अटो इन्जिनियरिङले गन्तव्यलाई बजारमा ल्याएको हो । गत आइतबार मोटरसाइकलको नम्बर प्लेट प्राप्त गरेपछि बिक्रीवितरण गरिने कम्पनीले जनाएको छ । सुन्दर अटो इन्जिनियरिङका सञ्चालक भेषबहादुर थापाका अनुसार हालसम्म ६५ वटा ‘गन्तव्य इभी १०० एस’ निर्माण भइसकेका छन् । जसमध्ये ४० वटा बुक भइसकेका छन् । उहाँले भन्नुभयो, “सरकारले अनमुति दिए हामी दिनको १० वटा विद्युतीय मोटरसाइकल उत्पादन गर्न सक्छौँ । माग बढेको छ । हामी ७ गतेदेखि बिक्री सुरु गर्छौं ।”
स्वादिलो मौसमी फल भनेर चिनिने आँप लहानको बजारमा देखिन थालेको छ। आँपको प्रमुख सङ्कलन केन्द्र मानिएको लहानमा स्थानीय आँप आउनुभन्दा अगाडि नै भारतको विभिन्न स्थानबाट भिœयाइएका आँप पाउन थालेको हो। स्थानीय आँपको रुखमा आँप पाक्नु तीन साताअगाडि नै लहानमा भारतको नासिर, मद्रास र तमिलनाडुबाट पाकेको आँप भित्रिन थालेको हो। लहान चोकका फलफूलका खुद्रा बिक्रेता राजन मण्डलले अहिले भित्रिएको गुलाबखास जातको आँप मिठो र स्वादिलो भएको बताउनुभयो। स्थानीय बजारमा भारतीय आँप ७० रुपियाँदेखि १२० रुपियाँ प्रति किलोग्राममा पाइने गरेको छ।
राजविराज नगरपालिका–९ स्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र भारत सरकारको लगानीमा २०४४ सालमै स्थापना भएको हो। यो औद्योगिक क्षेत्र २०५० सालमा नेपाल सरकारको पूर्ण स्वामित्व रहने गरी नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो। सुरूदेखि नै सरकारको उपेक्षाको कारण वर्षौँसम्म न यहाँ उद्योग फस्टाउन सक्यो न यो औद्योगिक क्षेत्रको संरक्षणमा कसैले कुनै चासो र अपनत्व ग्रहण गर्न सकेको छ। रोजगारीको समस्या र आफैसँग भएका अवसरका यस्ता धरोहरहरूको विकासको खाँचो रहेको स्थानीय बुद्धिजिवी बताउनुहुन्छ। सप्तरी सदरमुकाम राजविराजदेखि ३ किलोमिटर उत्तर–पश्चिम राजविराज नगरपालिका र रूपनी गाउँपालिकाको सीमामा अवस्थित यस क्षेत्रको विकासले मधेश प्रदेशको विकासको भविष्यसँग जोडिएको छ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्वस्थ, सिर्जनशील र व्यावसायिक पत्रकारिता आजको आवश्यकता भएको बताउनुभएको छ। नेपाल प्रेस युनियन सुनसरीको नवौँ जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै कार्कीले सञ्चारकर्मीले सत्य तथ्य समाचार प्रवाह गर्नुपर्ने बताउनुभयो।
पाल्पा देउगीकी ३४ वर्षीय मीना सारूको दैनिकी आजभोलि अलि भिन्न छ । झिसमिसे नहुँदै बिहान ४ बजे उठेर घरको काम सक्नुपर्ने त छँदै छ तर सिजनको व्यापारका लागि बुटवल धाउनुपर्ने अर्काे काम पनि अहिले थपिएको छ । पाँच जनाको परिवारलाई हातमुख जोर्ने जिम्मा उहाँको काँधमा छ ।
नेपाल र अमेरिकाबिच व्यापार एवं लगानीसम्बन्धी सम्झौतालाई निरन्तरता दिन आग्रह गरिएको छ । नेपाल र संयुक्त राज्य अमेरिकाबिचको व्यापार तथा लगानी कार्य ढाँचा सम्झौता अन्तर्गतको व्यापार तथा लगानी परिषद् (टिफा काउन्सिल) को शुक्रबार काठमाडौँमा सम्पन्न छैटौँ बैठकले त्यसलाई निरन्तरता दिने छलफल गरेको छ ।
तनहुँको व्यास नगरपालिका –१२ छिर्कनेस्थित भानुभक्त प्राणी उद्यानको जग्गा अधिग्रहणको मुआब्जामा विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले चासो देखाएको छ ।
बागमती प्रदेश सरकारको पहिलो कार्यकालमा सुरु भएका ठुला योजना अधुरा र अलपत्र पर्ने व्रmम बढ्दै गएको छ। प्रदेशका अन्य जिल्लामा मात्र होइन, प्रदेश राजधानी रहेकै जिल्लामा निर्माण सुरु भएका प्रदेश सरकारका ठुला लगानीका पूर्वाधार निर्माण योजना अलपत्र बनेका छन्।
दोलखाको शैलुङ गाउँपालिका–३, बोथ्लेमा निर्माण गरिएको शीतभण्डार प्रयोग हुन सकेको छैन। बागमती प्रदेश सरकारको छ करोड रुपियाँ लगानीमा निर्माण भएको प्रदेशकै ठुलो तीन सय मेट्रिक टन क्षमताको यो शीतभण्डारमा तरकारी र आलु पकेट क्षेत्रका किसानले उत्पादित वस्तु राख्न चासो नदिएपछि प्रयोगविहीन बनेको हो।
अवैध रूपमा सञ्चालन गरेको भन्दै जिल्ला प्रशासन कार्यालय नुवाकोटले ताला लगाएका व्रmसर उद्योगमध्ये धेरैजसो अहिले सञ्चालन भइरहेका छन्। गत पुस २० गतको गृह मन्त्रालयको निर्देशनलगत्तै अवैध भनेर बन्द गरिएका क्रसर उद्योग अहिले सञ्चालन भएका हुन्। नुवाकोट जिल्लामा सञ्चालित ४८ वटा क्रसर तथा बालुवा प्रशोधन उद्योगमध्ये ४५ वटा सञ्चालनमा आएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिनुभयो।
आत्मबल भए संसारमा असम्भव भन्ने कुरा नरहेको रोल्पाका हरि बुढामगरले साबित गरिदिनुभएको छ। घुँडामाथिसम्म दुवै खुट्टा गुमाउनुभएका पूर्वगोरखा सैनिकसमेत रहनुभएका बुढामगरले कृत्रिम खुट्टा (प्रोस्थेटिक) को सहयोगमा सर्वोच्व शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ।