अस्ट्रेलियाको मुद्रास्फीति ४.९ प्रतिशतमा झरेको छ । अस्ट्रेलियाको मुद्रास्फीति दर १८ महिना यताकै न्यून स्तरमा झरेको आधिकारिक तथ्याङ्कले देखाएको हो ।
धनगढी–खुटिया–बिपीनगर–दिपायल द्रुतमार्गमा कालोपत्र गर्न सुरु भएको छ । धनगढी–स्याउले सडकखण्डमा कालोपत्रको काम सुरु भएको सडक योजना कार्यालयले जनाएको छ ।
युरोपेली सङ्घ (इयु) का सदस्य राष्ट्रहरूले सन् २०२२ मा रक्षा खर्चका लागि सामूहिक रूपमा २४० बिलियन यूरो (२६२.४ बिलियन अमेरिकी डलर) विनियोजन गरेको तथ्याङ्कले देखाएको छ ।
स्याङ्जाको वालिङ नगरपालिका ३ माझकोटका स्थानीयवासी गाउँमा नै सहज उपचार पाएपछि खुसी छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनको असर कम गर्न नेपालले गरेका प्रयासबारे विश्व समुदायलाई जानकारी गराउने बताउनुभएको छ ।
भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माण गर्न यहाँ पहिलो किस्ताबापतको रकम स्थानीय तहमा पठाउन सुरुआत गरिएको छ । जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कोषले बिहीबार शिवालय गाउँपालिकामा पहिलो किस्ता पठाएको हो ।
गुल्मीको सदरमुकाम तम्घासमा नेपाली सेनाको गण पुनः स्थापनाका लागि पहल अगाडि बढाइएको छ । यहाँ गण पुनः स्थापनाका लागि गत कात्तिक २१ गते रेसुङ्गा नगरपालिकाबाट नेपाली सेनाको प्रधान कार्यालयमा पत्र पठाइएको नगरप्रमुख खिल ध्वज पन्थीले जानकारी दिनुभयो ।
यहाँस्थित भारतीय राजदूतावास र अर्थ मन्त्रालयले बिहीबार संयुक्तरूपमा अर्थ मन्त्रालयमा आयोजना गरेको ‘परियोजना कार्यान्वयन समीक्षा बैठक’मा मन्त्री डा महतले नेपालको आर्थिक उन्नयनका परियोजनामा नेपाललाई निरन्तर सघाएकामा भारत सरकारप्रति आभार व्यक्त गर्नुभयो ।
सरकारले समुदायको नेतृत्वमा नै एड्स तथा एचआइभी सङ्क्रमण अन्त्य गर्ने लक्ष्य लिएको छ । समुदायस्तरमा नै सङ्क्रमितहरू बढी अपहेलित पर्ने भएकाले समुदायलाई एड्स अन्त्य गर्ने अभियानमा सहभागी गराउने भएको छ ।
तनहुँमा डेंगुको सङ्क्रमणबाट थप एक बालकको मृत्यु भएको छ । व्यास नगरपालिका–१ ठुलो गाउँ निवासी १३ वर्षीय बालक इरन थापाको मृत्यु भएको हो ।
ठेक्का जिम्मेवारी लिएर अलपत्र बनाउने १७ वटा कम्पनी कालोसूचीमा परेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अन्तर्गत सार्वजनिक खरिद अनुगमन कार्यालयले एक वर्ष देखि तीन वर्ष अवधिसम्मका लागि कालोसूचीमा राखेर सूचना सार्वजनिक गरेको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले च्याङ्ग्राको मूल्य घटाएको छ । दसैँ र तिहारका लागि विक्री गर्न ल्याइएका च्याङ्ग्राको विक्री नभएपछि मूल्य घटाइएको हो । कम्पनीले शुक्रवार गोरखापत्रमा सूचना प्रकाशन गरेर एक हजार १२५ रुपियाँ किलोग्रामका दरले च्याङ्ग्रा विक्री गर्ने जनाएको हो ।
उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक योजना अन्तर्गत अलपत्र परेको राहु घाट–तातोपानी खण्डको सडक निर्माणको काम छ वर्षपछि ढिला गरी सुरु गरेको छ ।
तनहुँको दुलेगौंडाबाट स्याङ्जाको रामबाछा जोड्ने ७२ किलोमिटर दूरीको नेपालकै एकमात्र मध्यपहाडी क्षेत्रको सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक)मा विदेशी पदयात्री बढ्न थालेका छन् ।
राष्ट्रियसभा सदस्य महेशकुमार महरा सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाको असली अभ्यास र प्रतिनिधित्व राष्ट्रियसभाले गरिरहेको ठान्नुहुन्छ । अपाङ्गता भएका व्यक्तिको कोटाबाट माथिल्लो सदनमा छ वर्षअघि निर्वाचित उहाँले प्रतिनिधिसभाको छायाका रुपमा नभई अभिभावकको भूमिकामा राष्ट्रियसभा रहेको अनुभव सुनाउनुभयो ।