नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका अभियुक्तहरूको पुनरावेदन निवेदनमाथि उच्च अदालत पाटनले आज फैसला गर्दै छ । बिहीबार न्यायाधीश प्रकाश खरेल र जनक पाण्डेको इजलासले सुनुवाइ सकेसँगै आज (शुक्रवार) आदेश हुने बताइएको छ ।
नेपाल विद्युत् प्राधिकरणले सर्लाहीको दक्षिण–पूर्वी भेग हरि पूर्वामा निर्माण गरेको सवस्टेशन अलपत्र परेको छ ।
झापाको गौरिगंज गाउँपालिका ४ कदमगाछी सुकुम्वासी टोलमा तिम्ल्याहा बच्चा पाउने आमा तथा नवजात शिशुहरूको खानपान तथा भरण पोषणमा सहयोग पुर्याउन गौरीगन्ज गाउँपालिकाले दुधालु गाई किनेर दिएको छ ।
बाँकेको पूर्वपश्चिम राजमार्गमा गएराति बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । महेन्द्रनगरबाट काठमाडौँ गइरहेको बसले ठक्कर दिँदा राप्तिसोनारी गाउँपालिका–८ ओभरीका ४० वर्षीय केशव कुँवरको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
संयुक्त अरब इमिरेट्स (युएई) का लगानीकर्ताहरुलाई नेपालमा लगानीका अवसरहरुबाट लाभ लिएर लगानी बढाउन नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले आग्रह गर्नुभएको छ ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ब्राजिलको साओ पाउलोमा बिहीबार आयोजित जातीय भेदभावविरुद्धको अन्तरराष्ट्रिय बैठकमा जातीय र लैङ्गिकलगायत सबै प्रकारका भेदभावको अन्त्य गरी समानता र न्याय सुनिश्चित गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
बाँके जिल्लाका अधिकांश पालिकाका कार्यालयलगायत अन्य सरकारी र गैरसरकारी कार्यालयसमेत अपाङ्गतामैत्री नहुँदा अपाङ्गता भएकालाई सेवा लिन निकै सास्ती भोग्नु परेको छ । अधिकांश पालिकाका कार्यालयमा अपाङ्गतामैत्री संरचना नहुँदा सेवा लिन निकै समस्या भोग्नु परेको अपाङ्गताता भएकाको दुःखेसो छ । अपाङ्गता नवजीवन केन्द्र कोहलपुरका अध्यक्ष जङ्गबहादुर डाँगीले कोहलपुर नगरपालिकाको कार्यालय भवन अपाङ्गतामैत्री नहुँदा सेवा लिन निकै समस्या भएको बताउनुभयो ।
फेवातालको मापदण्ड कायम गर्नेसम्बन्धी सर्वोच्च अदालतले गरेको फैसलाको पाँच महिनापछि पोखरा महानगर र गण्डकी प्रदेश सरकारको संयुक्त सहजीकरण समिति बनेको छ । गण्डकी प्रदेश सुरक्षा समितिको बैठकले फेवाताल संरक्षणका लागि भन्दै सहजीकरण समिति बनाएको हो ।
कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयद्वारा सञ्चालित ‘हाम्रा कुरा हाम्रा मुख्यमन्त्री’ कार्यक्रमले नागरिकका गुनासो सम्बोधन गर्ने प्रयास गर्दै आएको छ । सुर्खेतस्थित सहकर्मी समाजले गत वर्षदेखि सो कार्यक्रम सञ्चालनमा ल्याएको हो । सो कार्यक्रममा ८६४ वटा गुनासा दर्ता भई आधाभन्दा बढी समाधान भएको जनाइएको छ । ४५६ वटा गुनासा समाधान भएका छन् । जसबाट एक हजार ६७१ जना सेवाग्राही लाभान्वित भएका छन् । ४० वटा गुनासा समाधानको प्रक्रियामा रहेको जनाइएको छ ।
सङ्घीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाईली ठकुरीले विकासलाई योजनावद्ध रुपमा अघि बढाउन बहुमत सहित सरकार हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो माओवादीको नेतृत्वमा स्थिर र बहुमतको सरकार नभए सम्म विकास गति लिन सक्तैन । जनताले चाहे जस्तो विकास र समृद्धिका लागि एकल बहुमत सहितको सरकार चाहिएको छ ।
विगतमा पर्चा, पम्प्लेट र भित्तेलेखनले भरिभराउ धनगढीस्थित पार्क क्षेत्रको पर्खाल अब कला संस्कृतिले सुसज्जित हुन थालेको छ । सार्वजनिक पर्खालमा वाल पेन्टिङ गरेर धनगढी उपमहानगरपालिकाले सौन्दर्यीकरण गर्न थालेको हो । राजनीतिक नारा लेख्न प्रयोग भएका पर्खालमा कला, संस्कृति झल्किने र पर्यटकीय स्थल चिनाउने चित्र कोरिन थालिएको छ ।
सप्तरीको खडक नगरपालिकाको प्रमुख आर्थिक आधार कृषि र पशुपालन नै हो । यहाँका ९५ प्रतिशत नगरवासी कृषिमा नै आबद्ध छन् तर पनि कृषिको आधुनिकीकरण र व्यावसायि
सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गाउँ रुवाखोला जोड्ने भातकाडा–बडाल–रेल सडक निर्माणको काम तीव्र पार्न निर्देशन दिनुभएको छ । सडक निर्माणसँग सम्बन्धित कार्यालय प्रमुख तथा निर्माण कम्पनीका प्रतिनिधिलाई निर्देशन दिँदै उहाँले भन्नुभयो, “ट्र्याक खोलिएको सडक मर्मत तथा कालोपत्रे हुन सकेन भन्ने प्रश्न बारम्बार उठ्ने गरेको छ, निर्माण काम तीव्र पार्नु प¥यो ।”
पाल्पामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । जिल्लाको तिनाउ–५, चर्चरेस्थित सिद्धार्थ राजमार्गको छेउमा बिहीबार साँझ अन्दाजी २२ वर्षका पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन, हालसम्मको प्रगति र सेवा प्रवाहका बारेमा समीक्षा गरिएको छ । चालु आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यव्रmम कार्यान्वयन, प्रगति, कामको प्रभावकारिता र आगामी रणनीतिका बारेमा मुख्यमन्त्री र मन्त्रीहरूबिच छलफल भएको हो ।