नेपालगन्ज समाचारदाता
नेपालगन्ज, मङ्सिर १५ गते । बाँके जिल्लाका अधिकांश पालिकाका कार्यालयलगायत अन्य सरकारी र गैरसरकारी कार्यालयसमेत अपाङ्गतामैत्री नहुँदा अपाङ्गता भएकालाई सेवा लिन निकै सास्ती भोग्नु परेको छ ।
अधिकांश पालिकाका कार्यालयमा अपाङ्गतामैत्री संरचना नहुँदा सेवा लिन निकै समस्या भोग्नु परेको अपाङ्गताता भएकाको दुःखेसो छ ।
अपाङ्गता नवजीवन केन्द्र कोहलपुरका अध्यक्ष जङ्गबहादुर डाँगीले कोहलपुर नगरपालिकाको कार्यालय भवन अपाङ्गतामैत्री नहुँदा सेवा लिन निकै समस्या भएको बताउनुभयो ।
उहाँले नगरपालिका र नगरभित्रका सरकारी भवन, बाटो, शौचालयलगायतका सार्वजनिक स्थल अपाङ्गतामैत्री नहुँदा अपाङ्गताता भएका व्यक्तिले निकै कष्ट सहन बाध्य रहेको बताउनुभयो ।
बाँकेमा अपाङ्गता भएका एक हजार हाराहारीले अपाङ्गतातामैत्री भवन, शौचालय र संरचना नहुँदा यस्ता समस्या भोग्दै आएको अध्यक्ष डाँगीको भनाइ छ । सरकारी तथा गैरसरकारी कार्यालयमा जाँदा अपाङ्गतातामैत्री शौचालय नहुँदा दिसा–पिसाब गर्नसमेत कठिनाइ हुने गरेको गुनासो दैनिक जसो आफूकहाँ आउने गरेको उहाँले बताउनुभयो । बाँके वैजनाथ गाउँपालिका–१ का शैलेन्द्र बुढा द्वन्द्वपीडित हुनुहुन्छ । उहाँ जनयुद्धको बेला घाइते भएर शारीरिक रूपमा अपाङ्गताता भएर बाँचिरहनुभएको छ । उहाँले गाउँपालिकाको कार्यालय अपाङ्गतामैत्री नहुँदा सेवा लिन निकै असहज हुने गरेको बताउनुभयो । यस्तै कोहलपुर नगरपालिका भवनमा पनि अपाङ्गतातामैत्री संरचना नहुँदा अपाङ्गता भएका व्यक्तिहरूले विभिन्न समस्या भोग्दै आउनु परेको गुनासो स्थानीयले गरेका छन् ।
अपाङ्गताता भएकी कोहलपुरकी मीरा कार्कीले नेपाल सरकारले अपाङ्गता भएका व्यक्तिका लागि अपाङ्गतामैत्री संरचना बनाउन निर्देशन दिए पनि कोहलपुरमा यस्ता संरचना बन्न नसकेको गुनासो गर्नुभयो । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ कोहलपुरले अपाङ्गता भएका व्यक्तिसँग गरेको अन्तर्क्रिया कार्यक्रममा अपाङ्गताता भएका अधिकांश व्यक्तिले स्थानीय सरकारले अपाङ्गताताका समस्या बुझेर त्यस्ता संरचना निर्माणमा ध्यान दिन ध्यानाकर्षण गराएका थिए । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ बाँके जिल्ला अध्यक्ष मधु खड्काले अन्तर्क्रियामा सहभागी अधिकांशले अपाङ्गताता भएका व्यक्तिका लागि नीतिनियम बने पनि कागजमै सीमित भएको गुनासो गरेको बताउनुभयो ।