• १२ मंसिर २०८१, बुधबार

बालबालिकालाई न्यानो कपडा वितरण

blog

बालबालिकालाई न्यानो कपडा वितरण गरिदै । तस्बिर : राजु लामिछाने

राजु लामिछाने

रुकुमपश्चिम, मङ्सिर १५ गते । नेपाल चार्टर्ड एकाउण्टेण्ट्स सङ्घले रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका–७ का भूकम्प प्रभावित बालबालिकालाई न्यानो कपडा (स्विटर) वितरण गरेको छ । वडाका ६७५ जना बालबालिकालाई न्यानो कपडा प्रदान गरिएको हो । 

सङ्घका अध्यक्ष दीपक पाण्डे र केन्द्रीय सदस्य पृथ्वी पुन मगरले एक कार्यक्रमबिच बालबालिकालाई न्यानो कपडा वितरण गर्नुभयो । साधारण माध्यमिक विद्यालयमा आयोजना गरिएको न्यानो कपडा वितरण कार्यक्रममा सङ्घका अध्यक्ष पाण्डेले रुकुम जाजरकोटको पीडामा मलहम लगाउन खाजेको बताउनुभयो । 

यहाँले भविष्यमा पनि यस्ताखाले सहयोग आवश्यक भएमा सहयोगका लागि आफूहरू तयार रहेको बताउनुभयो । बालबालिकालाई न्यानो कपडाका लागि सङ्घका उपत्यका प्रदेश कमिटी प्रमुख टीका कार्कीको टोलीले सङ्घका सदस्यबाट सहयोग सङ्कलन गरेको बताइएको छ । 

न्यानो कपडा वितरण कार्यक्रममा त्रिवेणी गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष धनबहादुर खड्का, वडा सदस्यहरू, वडाका ६ वटै विद्यालयका व्यवस्थापन समितिका अध्यक्षहरू, प्रधानाध्यापकहरू, शिक्षक तथा विद्यार्थीको उपस्थिति रहेको थियो ।