• २ माघ २०८१, बुधबार

अन्तिम खोज (कविता)

blog

तिमीले मलाई 

जुन ठाउँबाट छोडेर गयौ 

त्यही ठाउँबाट मैले यात्रा सुरु गरेको छु ।

मात्र घामपानी छेक्ने एउटा झुप्रो

लाज छोप्ने एक धरो कपडा 

र भोक मेट्न एक पेट अन्न  खोजेर म

उठाइरहेको छु हत्केलामा ठेला

चुहाइरहेको छु पसिनाको भल 

र, फुटाइरहेको छु कुर्कुचा ।

याद राख्नु...

सन्तुष्टि छैन भने सुख हुँदैन 

विश्वास छैन भने प्रेम हुँदैन 

मान्छे जहाँ पुगोस् 

उसले खोज्ने अन्तिम चिज आनन्द हो ।