दिवाकर पोख्रेल
देउखुरी, मङ्सिर १७ गते । कुनैबेला दाङ जिल्लामा निकै राम्रो व्यापार हुने माटाका भाँडा अहिले बिक्री हुन छोडेका छन् । माटोका भाँडा बिक्री नभएर गोदाममै थन्किएपछि व्यवसायीले लुम्बिनी प्रदेश सरकारका भूमि व्यवस्था तथा कृषिमन्त्रीलाई बजारीकरणको व्यवस्थापन गरिदिन आग्रह गरेका छन् ।
स्थानीय नागरिकका समस्या सुन्न गढवाको खैराखालमा पुग्नुभएका प्रदेश सरकारका कृषि तथा भूमि व्यवस्थामन्त्री भण्डारीलाल अहिरसँग स्थानीयले यस्तो गुनासो गरेका हुन् ।
गढवा–३, खैराखालका चुन्नुराम कुमालले आफूले उत्पादन गरेका माटाका भाँडा बिक्री नभएर गोदाममै थन्किएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “माटो र दाउराको जोहो गरी बनाएका भाँडा स्थानीयस्तरमा बिक्दैनन् टाढा लैजाने साधन छैन । प्रदेश सरकारले भाँडाको बजारीकरण गर्न बाहिर लैजाने साधनको व्यवस्था गरिदिनुप-यो ।”
पछिल्लो समय प्लास्टिकका भाँडाका कारण माटोका भाँडा बिक्री नभएको उनीहरूको गुनासो छ । विगतका चाडपर्वमा जस्तो यस पटक तिहारलगायतका पर्वमा पनि भाँडा नबिकेपछि आफूहरूले बनाएका भाँडा गोदाममै थन्काउनु परेको हो ।
व्यवसायीले पुख्र्यौली पेसा संरक्षण र जगेर्ना गर्न नयाँ प्रविधिको तालिम आवश्यक रहेको बताए । स्थानीय व्यवसायी राजकुमारी थारू कुमालले आधुनिक भट्टी र विद्युतीय मेसिनरी औजार तथा तालिम जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “माटाका भाँडा उत्पादन गर्न दाउरा र माटो पर्याप्त छैन । उत्पादन गरेको पनि बिव्रmी हुँदैन स्थानीय सरकार र प्रदेश सरकारको सहयोग आवश्यक छ ।” कार्यक्रममा प्रदेश सरकारलाई माटाका भाँडा टाढा लगेर बिक्री गर्न पिकअप भ्यान व्यवस्थापन गरिदिन पनि उनीहरूले पनि माग गरेका थिए ।
स्थानीयका माग सुनेका मन्त्री यादवले किसानका लागि कार्यक्रम गर्न प्रस्तावना माग गर्ने तयारी भइरहेको बताउनुभयो । उहाँले भन्न्ुभयो, “समूह बनाएर प्रस्ताव लिएर आउनूस् हामी किसानका माग सम्बोधन गर्ने छौँ ।” माटाका भाँडा मानव स्वास्थ्यका लागि लाभदायक हुने भन्दै मन्त्री यादवले भाँडाको उत्पादन र बजारीकरणका लागि प्रदेश सरकारको ध्यानाकर्षण भएको बताउनुभयो ।
किसानका लागि कृषि ज्ञान केन्द्र, भेटेरिनरी र मुख्यमन्त्री आर्थिक विकास कार्यक्रममार्फत सूचना खोल्न थालिएको भन्दै योजना माग्न किसान कार्यालयमा धाउनुपर्ने बताउनुभयो । स्थानीय अगुवा दामु थारू कुमालले कुल ५५ घरधुरीको बसोबास रहेको खैराखालमा थारू कुमाल बस्तीका ३३ घरधुरीले माटोका भाँडा बनाउने पेसालाई अँगाल्दै आएको बताउनुभयो ।