गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख २५ गते । कौटिल्य ग्लोबल स्कुल सुबिधानगर तिनकुनेस्थित बिद्यालयका कक्षा ७ मा अध्यनरत विद्यार्थीले आकृष्ट कडेलको जन्मदिनमा बिरुवा रोपेर जन्मदिन मनाएका छ्न्।
स्कुलका भाइस प्रीन्सिपल एरिका खरेल, विध्यालय संयोजक मुकेश बिष्टसहित बिधालयका विद्यार्थीसँग कडेलले गमलामा फूल रोपेर आफनो जन्मदिन मनाएका हुन् । जन्मदिनलाई सतकर्ममा जोडौ अभियानलाई एक्यवद्धता जनाउँदै सुरु गरिएको अभियान अरु विद्यार्थीले पनि यसमा रुचि देखाएकाले भोलिका दिनमा इच्छुक विद्यार्थीको जन्मदिन बिरुवा रोपेर मनाइदिने स्कुल संयोजक मुकेस बिस्टले बताउनुभयो । कार्यक्रममा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण काफ्ले र उदय मास्केको सहभागिता थियोे ।
जलबायु परिवर्तनका असरले बिश्व तरङ्गित भइरहेका बेला यस्ता कार्यक्रमले थोरै भए पनि वातावरण सुधारमा सहयोग पुग्ने विश्वास संस्थाका अध्यक्ष काफ्लेले बताउनुभयो। यो अभियानबाट बिद्यार्थीमा असल संस्कारको सुरुवात हुने उहाँले बताउनुभयो ।