• २१ वैशाख २०८१, शुक्रबार

युरो कप ड्र : स्पेन र इटाली एउटै समूहमा

blog

काठमाडौँ, मङ्सिर १७ गते । सन् २०२४ को युरो कप फुटबलमा उपाधि बलियो टोली स्पेन र साबिक विजेता इटाली एउटै समूहमा परेको छ । जर्मनीमा शनिबार राति गरिएको युरो कप ड्रमा यी दुई टोली एउटै समूहमा परेका हुन् ।

युरो कपमा सहभागिता जनाउने २४ टोलीलाई छनोट खेलमा गरेको प्रदर्शनका आधारमा चार वटा पटमा राखेर समूह विभाजन गरिएको हो । हरेक पटकबाट एक एक टोली गरी एक समूहमा चार टोलीलाई राखिएको छ । जस अनुसार इटाली र स्पेनसहित क्रोएसिया र अल्बानिया समूह ‘बी’ मा परेको छ । 

यस्तै समूह ‘ए’ मा जर्मनी, स्कटल्यान्ड, हङ्गेरी र स्विट्जरल्यान्ड छन् । समूह ‘सी’ मा स्लोभेनिया, डेनमार्क, सर्बिया र इङ्ल्यान्ड परेका छन् । समूह ‘डी’ मा नेदरल्यान्ड्स, अष्ट्रिया, फ्रान्स र प्लेअफ टोली (पोल्यान्ड, वेल्स, फिनल्यान्ड र एस्टोनियामध्ये एक) परेका छन् । 

यस्तै समूह ‘ई’ मा बेल्जियम, स्लोभाकिया, रोमानिया र प्लेअफ टोली (इजरायल, बोस्निया  हर्जगोभिना, युक्रेन र आइसल्यान्ड मध्ये एक), समूह ‘एफ’ मा टर्की, पोर्चुगल, चेकीया र प्लेअफ टोली (जर्जिया, ग्रीस, कजाकिस्तान, लक्जमबर्गमध्ये एक) छन् । युरो कप सन् २०२४ मा जर्मनीमा हुँदैछ । एजेन्सी