• १२ साउन २०८१, शनिबार

कोशीमा मन्त्रीको विभागीय जिम्मेवारी तोकियो

blog

शशिधर पराजुली
विराटनगर, मङ्सिर १७ गते । 
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सरकारका मन्त्रीहरूलाई जिम्मेवारी बाँडफाँट गर्नुभएको छ । मन्त्रिपरिषद् गठन भएको ५० दिनपछि मुख्यमन्त्री कार्कीले मन्त्रीहरूलाई विभागीय जिम्मेवारी तोक्नुभएको हो ।

मन्त्रिपरिषद् गठन भएको लामो समयसम्म मुख्यमन्त्रीले नियुक्त गर्नुभएका सबै मन्त्रीलाई जिम्मेवारी नदिई विनाविभागीय राख्नुभएको थियो ।

गत असोज २८ गते मुख्यमन्त्री नियुक्त हुनुभएका कार्कीले सोही दिन नेकपा (एमाले) बाट राम रानामगर र नेपाली कांग्रेसका शमशेर राईलाई मन्त्री नियुक्त गर्नुभएको थियो भने कात्तिक १७ गते मन्त्रिपरिषद् विस्तार गरी नेकपा (माओवादी केन्द्र) बाट गणेशप्रसाद उप्रेती र नेकपा (एकीकृत समाजवादी) बाट कमलप्रसाद जबेगूलाई मन्त्री नियुक्त गर्नुभएको हो ।

दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेको ३० दिनपछि मुख्यमन्त्रीले नियुक्त तीन जना मन्त्रीलाई आज (आइतबार) विभागीय जिम्मेवारी दिनुभएको हो ।

मुख्यमन्त्रीले कांग्रेसका शम सेर राईलाई आन्तरिक मामिला तथा कानुन, माओवादी केन्द्रका उप्रेतीलाई पर्यटन, वन तथा वातावरण र एकीकृत समाजवादीका जबेगूलाई भौतिक पूर्वाधार विकासमन्त्रीको जिम्मेवारी तोक्नुभएको हो ।