• १२ साउन २०८१, शनिबार

पूर्व प्रधानमन्त्री खनालसँग चिनियाँ राजदूतको भेट

blog

पूर्व प्रधानमन्त्री झलनाथ खनालसँग भेट गर्नुहुँदै नेपालका लागि चिनियाँ राजदूत चेन सङ । तस्बिरः पूर्वप्रधानमन्त्री खनालको निजी सचिवालय ।

काठमाडौं, मङ्सिर १७ गते । नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता पूर्व प्रधानमन्त्री झलनाथ खनालसँग नेपालका लागि चिनियाँ राजदूत चेन सङले भेटवार्ता गर्नुभएको छ । 

आइतबार बिहान समाजवादी पार्टीका विदेश विभाग प्रमुखसमेत रहनुभएका खनालसँग उहाँको निवास डल्लुमा पुगेर राजदूत सङले शिष्टाचार भेटवार्ता गर्नुभएको हो । 

शिष्टाचार भेटमा आपसी हित एवं चासोको विषयमा कुराकानी भएको पूर्व प्रधानमन्त्री  खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिनुभयो ।