• १२ साउन २०८१, शनिबार

समृद्धिको यात्राले जनतामा थप उत्साह पैदा भएको छ : सूर्य थापा

blog

पत्रकार सम्मेलनमा धारण राख्नुहुँदै नेता थापा । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे

तम्घास, मङ्सिर १७ गते । नेकपा एमालेका पोलिटब्युरो सदस्य सूर्य थापाले समृद्धिको यात्राले जनतामा थप उत्साह पैदा भएको बताउनुभएको छ । नेकपा एमाले गुल्मीले आयोजना गरेको पत्रकार सम्मेलनमा मङ्सिर १४ गतेदेखि एमालेले सुरु गरेको समृद्धिका लागि सङ्कल्प यात्रा सहित मध्यपहाडि राजमार्ग यात्राले जनतामा थप उत्साह पैदा भएको उहाँको दाबी छ ।

बैतडीको झुँलाघाटदेखि पाँचथरको चिवाभन्ज्याङसम्मको यात्रामा जनताका गुनासा, सल्लाह सुझावले पार्टीलाई थप बलियो बनाउने समेत उहाँले बताउनुभयो । यस समयमा मध्यपहाडी लोक मार्गको अवस्था र आगामी दिनमा एमालेले गर्नुपर्ने कार्यहरूलाई समेत मार्ग निर्देशन गर्ने उहाँको भनाइ छ । 

नेकपा एमाले जनताका सुख दुःखमा साथमा रहेको दाबी गर्दै थापाले जाजरकोट र रुकुम पश्चिमको भूकम्प प्रभावितमा खटिएको स्वयंसेवकको टोलीले समेत पुष्टि गरेको उहाँले जानकारी दिनुभयो। 

यस्तै, यही २० गते गुल्मीको वामीमा हुने विशाल आम सभाको सम्पूर्ण तयारी पूरा भएको एमाले गुल्मीले जनाएको छ । केन्द्रीय अध्यक्ष सहितका नेताहरूले सो सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा एमाले गुल्मीका अध्यक्ष बालसिंह काउछाले जानकारी दिनुभयो ।

सो सभामा १० हजार बढी कार्यकर्ता उतार्ने गरी एमालेले तयारी गरेको काउछाले बताउनुभयो ।