• १४ जेठ २०८१, सोमबार

श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ

blog

बागलुङ, मङ्सिर १७ गते । श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ । बागलुङ नगरपालिका–१३ सल्यान बस्ने हरि सिंह नेपालीले घरायसी विवादका क्रममा कुटपिट गर्दा ५० वर्षीया श्रीमती सितली शाहीको मृत्यु भएको हो ।

श्रीमान् हरिको कुटपिटबाट गम्भीर घाइते हुनुभएको सितलीको उपचारका क्रममा धौलागिरि अस्पताल बागलुङमा मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय बलेवाबाट खटिएको प्रहरीले आइतबार हरिलाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।