सन् १८१५ अप्रिलमा इन्डोनेसियको माउन्ट तामबोरामा भएको ज्वालामुखी विस्फोटलाई अहिलेसम्मकै भयङ्कर मानिएको छ, ज्वालामुखीको ज्ञात इतिहासमा यत्तिको ठूलो विस्फोट भएको छैन । यस विस्फोटका कारण दक्षिणपूर्व एसियामा हजारौँ मानिसको ज्यान गएको थियो तथा पृथ्वीको सतहदेखि वायुमण्डलको दोस्रो तह ‘स्ट्राटस्फियर’ मा खरानीको घनघोर बादल मडारियो । खरानीको बादल जसै जसै विश्वमा फैलिन थाल्यो त्यसले सूर्यको प्रकाश नै छेक्यो । जसले गर्दा पृ
नेपाली कांग्रेसले यस वर्ष भदौ २४ देखि २६ गतेसम्म बिपी साहित्य महोत्सव गर्ने निर्णय गरेदेखि समाजको एउटा तप्काले नयाँ रक्तसञ्चार भएको अनुभव ग¥यो । खास गरी लेखक, सर्जक, साहित्यकारले यस्तो निर्णयलाई उच्च महìव दिएको पाइयो । नेपाली साहित्यिक इति
अमेरिकाको इतिहासमा डोनाल्ड ट्रम्प सबैभन्दा विवादास्पद राष्ट्रपति भएका छन् । उनका हठ तथा घमण्डले संसदीय इतिहासमै नभएका घटना त्यहाँको संसद् भवनमा भयो । राष्ट्रपति चुनाव हारे पनि उनले हार स्वीकार गरेनन् । ट्रम्पले आफ्ना समर्थक, कार्यकर्तालाई उक्साएर अमेरिकी संसद् ‘क्यापिटल हिल’ मा आक्रमण गराए । संविधान मिच्नेदेखि शक्तिको दुरुपयोग गर्ने काम गरेका ट्रम्पले दुई पटक महाभियोग सामना गर्नु प¥यो, यौन दुराचारको अभियोगमा दण्डित भए ।
प्रदेश मन्त्रालय तथा स्थानीय तहले कर्मचारी पदपूर्तिका लागि माग फाराम भरी पठाउनुपर्ने व्यवस्था भए पनि अधिकांश मन्त्रालय र स्थानीय तहले माग फाराम भर्ने गरेका छैनन् । प्रदेश लोक सेवा आयोग ऐन २०७६ मा बागमती प्रदेश सरकार र प्रदेशभित्रका स्थानीय तहका विभिन्न निकायमा विभिन्न सेवा समूह र तहका रिक्त पदपूर्तिका लागि मन्त्रालय र स्थानीय तहले अनिवार्य माग फाराम भर्नुपर्ने हुन्छ ।
मेक्सिकोको दक्षिणी राज्य गुरेरोमा आँधी ओटिसका कारण कम्तीमा २७ जनाको मृत्यु भएको छ भने सयौँ जना बेपत्ता भएका छन् ।
दसैँका अवसरमा थारू समुदायमा नाचिने सखिया नाच लोप हुँदै गएको छ । दसैँको एक साता अघिदेखि करिब एक महिनासम्म नाचिने सखिया नाचप्रति नयाँ पुस्ता अग्रसर नहुँदा थारू समुदायको मौलिक लोक संस्कृतिका रूपमा रहेको सखिया नाच पछिल्लो समय हराउँदै जान थालेको हो ।
बाजुराका अधिकांश भूकम्प पीडित चर्किएकै घरमा बास बस्न थालेका छन् । भूकम्प पीडितको अन्य सुरक्षित ठाउँमा व्यवस्थापन हुन नसकेपछि उनीहरू अहिले फेरि चर्किएकै घरमा बास बस्न थालेका हुन् ।
हिमाली क्षेत्रका जिल्लालाई उदयपुरसँग जोड्ने गरी सुनकोशी नदीमा एक दशकअघि निर्माण सुरु गरिएका विभिन्न आठ वटा ठुला पक्की पुल निर्माणको काम अलपत्र परेको छ । पहाडी जिल्लाहरूलाई तराईसँग जोड्न सुनकोशी नदीमा निर्माण गर्न थालिएका आधा दर्जन पुलको काम बिचैमा अलपत्र हुँदा चार जिल्लाका बासिन्दाले कोशी नदी वारपार गर्न निकै ठुलो सास्ती खेप्दै आएका छन् । आमनिर्वाचनका व्रmममा मत बटुल्ने अस्त्र बन्ने गरेको कोशीमा निर्माणाधीन पुलहरू दलका नेताहरूको शिलान्यास गर्ने होडले उदयपुर र उदयपुरसँग सीमा जोडिएका पहाडी जिल्ला भोजपुर, खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुका बासिन्दाले सास्ती खेप्नु परेको हो ।
‘हामी सबै मिलेर काम गर्यौँ भने पक्षघातमाथि विजय गर्न सकिन्छ’ भन्ने नाराका साथ आज विश्व पक्षघात दिवस नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ ।
जिल्ला प्रहरी कार्यालय मुगुले मृतावस्थामा फेला परेका एकै परिवारका आमासहित दुई छोरा र एक छोरीको शव परीक्षणका लागि जिल्ला सदरमुकाम गमगढी ल्याएको छ । छायानाथ रारा नगरपालिका–६ स्थित मन्दु गाउँमा एकै परिवारका आमासहित दुई छोरा र एक छोरी गत शुक्रबार मृतावस्थामा फेला परेका थिए ।
वैदेशिक रोजगारीबाट स्वदेश फर्केका सुनसरीका एक युवकले चार वर्षदेखि आफ्नै घरमा च्याउ खेती थालेका छन् । विदेशमा छोटो समयको काम पाइने र त्यसमा पनि जोखिम धेरै हुने भएकाले जेनतेन दुई वर्ष खाडी मुलुकमा वैदेशिक रोजगारी गरेर स्वदेश फर्केका वराहक्षेत्र नगरपालिका–११, मधुवनका रोशन गुप्ताले घरमै च्याउ खेती थाल्नुभएको हो ।
पर्वतको जुकेपानी गाउँका दलित समुदायले खानेपानी घर घरमा पु¥याउनका लागि निर्माण गरिएको पानी ट्याङ्की यतिबेला अलपत्र अवस्थामा छ। चार वर्षअघिबाट जनश्रमदानमा ट्याङ्की बनाएको भए पनि पाइप नहुँदा ट्याङ्कीमा पानी खसाल्न पाएका छैनन्। गाउँको दलित बस्तीमा खानेपानीको हाहाकार छ। ट्याङ्की बनाउनका लागि वडाले तीन लाख लगानीले मात्र नभई दलित बस्तीका बुढाबुढीदेखि केटाकेटीसम्मले जनश्रमदान गरेका थिए। सबैको आशा थियो कि अब खानेपानी लिन जानका लागि घण्टौँ उकालीओराली गर्नुपर्ने छैन। करिब दुई किलोमिटर टाढा रहेको मुहानबाट मानव बस्तीमा पानी ल्याउन पाइपको खाँचो परेको छ । पाइप नभएका कारण नै गाउँमा खानेपानी ल्याउन नसकिएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष सोमबहादुर विश्वकर्माले गुनासो गर्नुभयो ।
बर्दीबासस्थित जिल्ला ट्राफिकले चाडपर्वलक्षित सुरक्षा अभियान सञ्चालन गरेको छ । यस व्रmममा ट्राफिक कार्यालयले यात्रुको सर्वाधिक चाप हुने बर्दीबास, गौशाला रोड तथा जलेश्वरमा यात्रु सहायता कक्ष स्थापना गरी सेवा दिँदै आएको छ । अभियान अन्तर्गत सवारी नियम उल्लङ्घन गर्ने दुई हजार ९४४ सवारीमाथि कारबाही गरी २४ लाख ७५ हजार रुपियाँ राजस्व असुल गरेको जिल्ला ट्राफिक बर्दीबासले जनाएको छ ।
म्याग्दी जिल्लाको सदरमुकाम बेनी नजिकै रहेको बेनी नगरपालिका–२, खबरा क्षेत्रका तीन सय घरधुरी पिउने पानीको अभावमा सधैँ काकाकुल जस्तै बन्ने गरेका छन् । सदरमुकाम बेनीसँगै जोडिएको वडा नं. २ को खबरा क्षेत्रमा पानीको व्यवस्थित स्रोत र वितरण हुने माध्यम नहुँदा समस्या हुने गरेको हो ।
दोलखाको भीमेश्वर नगरपालिका–४ स्थित जिलु सामुदायिक वन क्षेत्रको ७५ रोपनी जग्गामा देउराली पाण्डव पार्क निर्माण सुरु भएको छ । गुरुयोजनामा उल्लेख भएकोमध्ये बागमती प्रदेशको एक करोड रुपियाँभन्दा बढी लगानीमा केही संरचना निर्माण भएका देउराली पाण्डव पार्क निर्माण उपभोक्ता समिति अनुगमन समिति संयोजक रामप्रसाद सापकोटाले जानकारी दिनुभयो ।