महासचिव गुटेरेसको भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समेत लुम्बिनी आउनुहुने कार्यक्रम तय भएको कोषका उपाध्यक्ष डा. लामाले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालय नवलपुरको अगुवाइमा तीन हप्ताअघि असोज २३ गते जिल्लाका विभिन्न पसलहरुको अनुगमन गरिएको थियो ।
बङ्गलादेशका प्रमुख प्रतिपक्षी दलका नेता आइतबार बिहान पक्राउ परेको सो दलले बताएको छ । तीन महिनापछि हुन लागेको निर्वाचनअघि प्रधानमन्त्रीविरुद्ध आयोजित विशाल विरोध प्रदर्शनको एक दिनपछि उहाँलाई पक्राउ गरिएको हो ।
तिहारको अवसर पारेर नेपालगन्जमा ‘परम्परागत नेपाली पोशाक शिशु फोटो प्रतियोगिता’ सञ्चालन हुने भएको छ ।
झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले दसैँमा रु. ६९ लाख ६० हजार मूल्यको खसीबोका बिक्री गरेको छ । संस्थाबाट कृषि कर्जा लिएर व्यावसायिक बाख्रापालन गरेका झापा र इलाम जिल्लाका किसानबाट ती खसीबोका नगदै किनेर उपभोक्तालाई बिक्री गरेको संस्थाका निर्देशक लक्ष्मण खतिवडाले बताउनुभयो ।
साथीको हत्यामा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।
नेपाल बुद्धिचाल महासङ्घको कार्यवाहक अध्यक्षमा हेराकाजी महर्जन नियुक्त हुनुभएको छ ।
भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसीएमएस) मा अध्ययनरत विद्यार्थीहरुको अनशन १५ बित्दा पनि टुङ्गिएको छैन ।
पोखरा महानगरका विभिन्न क्षेत्रमा खाद्यान्न, फलफूल र तरकारी खेती हुन्छ । स्थानीय उत्पादन बिक्री गर्न समस्या नभए पनि बाहिरबाट आउने उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक्दा किसानहरु विस्थापित हुँदै गएका थिए ।
विश्व पक्षघात दिवसको अवसरमा आइतबार काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा नेपाल पक्षघात संघ र ग्राण्डी इन्टरनेशनल हस्पिटल लगायतका अस्पताल र स्वास्थ्य सेवा केन्द्रहरुले जनचेतनामुलक कार्यक्रम गरेर मनाइएको हो ।
संस्थाबाट कृषि कर्जा लिएर व्यावसायिक बाख्रापालन गरेका झापा र इलाम जिल्लाका किसानबाट ती खसीबोका नगदै किनेर उपभोक्तालाई बिक्री गरेको संस्थाका निर्देशक लक्ष्मण खतिवडाले बताउनुभयो । किसानबाट किनिएका खसीबोकाको स्वास्थ्य परीक्षण गरेर मात्र बजारमा बिक्रीका लागि पठाइने गरेको उहाँको भनाइ छ ।
नेपालगन्ज उपमहानगरपालिकाले नगरवासीको स्वास्थ्य सेवालाई प्राथमिकता दिएको छ । नागरिकको स्वास्थ्य प्रवर्द्धन सेवालाई प्राथमिकता दिएर स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना गरेको उपमहानगरपालिकाले बिरामीका लागि निःशुल्क एम्बुलेन्स सेवासमेत व्यवस्था गरेको छ ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराई निलम्बनमा परेका छन् । उहाँले महिला प्रहरी माथि यौन हिंसा गरेकोको उजुरी परेपछि गृह मन्त्रालयले निलम्बनमा पारेको हो ।
तल समथर सुन्दर फाँटहरू र ग्रामीण बस्तीको मनोरम दृश्य । धान पाकेर पहेलपुर भएपछि फाँटहरूको दृश्य निकै सुन्दर देखिएका छन् । आकाश खुलेपछि लहरै देखिने हिमशृङ्खला र यहाँ निर्माण भएका धार्मिक मठ मन्दिरहरूले बागलुङ पञ्च कोट पुग्ने पर्यटकलाई मनोरम अनुभूति दिलाउँछ ।
अमेरिकी अन्तरिक्ष अनुसन्धान एजेन्सी (नासा) ले पानीसहितको बाह्य ग्रह फेला पारेको छ । पृथ्वीबाट एक सय २० प्रकाशवर्ष टाढा रहेको केटु–१८ बी नामको सो बाह्य ग्रहमा पानी फेला परेकाले त्यहाँ जीवन हुन सक्ने नासाका वैज्ञानिकको अनुमान छ । नासाका अनुसार सो ग्रहमा जीवनको सम्भावना रहेकोतर्फ सङ्केत गर्ने एक रसायनसमेत फेला परेको छ ।