गुल्मीमा दुई वर्षमा ७१८ को सम्बन्ध विच्छेद भएको छ । दुई नगरपालिका र दश गाउँपालिका गरी १२ स्थानीय तह रहेको यस जिल्लामा आर्थिक वर्ष २०७८/०७९ मा ३६९ जना र २०७९/०८० मा ३४९ जनाको सम्बन्ध विच्छेद भएको जिल्ला समन्वय समिति गुल्मीको तथ्याङ्कमा उल्लेख छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित बान्तावा राई भाषा
दसैँमा बिक्री नभएका कुखुरा बेच्नका लागि व्यवसायीले त्यसको मूल्य घटाउने भएका छन् । दसैँलाई लक्षित गरी उत्पादन गरेको कुखुरा लक्ष्य अनुसार बिक्री नभएपछि त्यसलाई बेच्नका लागि मूल्य घटाउन लागिएको कुखुरा बजार व्यवस्थापन सङ्घका अध्यक्ष जङ्गबहादुर सिंहले बताउनुभयो ।
दसैँ मनाउँदा लागेको ऋण तिर्न व्यास–१० कोमलटारीका १० भन्दा धेरै बोटेहरू सुनको कण खोजीमा त्रिशूली किनारातर्फ लागेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निमन्त्रणमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेस चारदिने भ्रमणका क्रममा आज राति काठमाडौँ आउँदै हुनुहुन्छ । उहाँलाई परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुहुने छ ।
म्याग्दी र मुस्ताङमा पर्यटकको घुइँचो लागेको छ । घुम्न आएका पाहुनाले होटल तथा लज भरिभराउ भएका छन् । म्याग्दी होटल तथा रेष्टुरेष्ट व्यवसायी सङ्घका अध्यक्ष ताराप्रसाद आचार्य ९बाबुराम०ले दसैँलगत्तै पाहुनाको चाप बढेर होटल भरिभराउ भएका जानकारी दिनुभयो ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले मङ्गलबार गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्नुहुने भएको छ । लुम्बिनी विकास कोषले उहाँको स्वागतका लागि विशेष तयारी गरेको छ । गुटेर्रेस राष्ट्रसङ्घको छैटौँ महासचिवका रूपमा लुम्बिनी आउन लाग्नुभएको हो । यसअघि राष्ट्रसङ्घका पाँच जना महासचिवले लुम्बिनीको भ्रमण गरिसक्नुभएको छ । जस अनुसार ड्याग ह्यामरसोल्डले सन् १९५९ मार्चमा, ऊ थान्तले सन् १९६७ अप्रिलमा, कर्ट वाल्डहाइमले सन् १९८१ फेब्रुअरीमा, ह्याभियर पेरिज द कोयरले सन् १९८९ र बान कि मुनले सन् २००८ नोभेम्बरमा लुम्बिनीको भ्रमण गर्नुभएको थियो । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाका अनुसार तीनदिने नेपाल बसाइका क्रममा गुटेर्रेसले सोमबार लुम्बिनीको पनि भ्रमण गर्ने कार्यक्रम तय भएको हो ।
हिन्दु परम्परा अनुसार मानिसको मृत्युपछि गरिने शुद्धि कार्यमा गहुँत खाएको गाई मरेपछि गहुँत खाएका मृतकका आफन्तजनमा अर्को त्रास फैलिएको छ । चौरजहारी नगरपालिका–९, माझमेलाका भीम कुँवरको शुद्धि कर्ममा गहुँत खाएको गाई रेबिजको लक्षणसहित मरेपछि त्रास फैलिएको हो ।
बाजुरामा छाउगोठ भत्काउने अभियान सुस्ताएसँगै छाउप्रथा पुनः ब्युँतिन थालेको छ । करिब पाँच वर्षअघि सुरु गरिएको छाउगोठ भत्काउने र महिनावारी भएका महिलालाई छाउगोठमा बस्न नदिने अभियान सुस्ताउन थालेको छ । अचेल यहाँका महिला पुनः छाउगोठमा बस्न थालेका छन् । भत्काइएका छाउगोठ पुनर्निर्माण गरिएका छन् । बूढीगङ्गा नगरपालिका–१० का स्थानीय पद्मा विकले भन्नुभयो, “महिनावारी भएको बेलामा घरभित्र बस्दा धामीझाँक्री (देउता) रिसाउन थालेपछि गाउँमा फेरि छाउप्रथा ब्युँतिँदै गएको छ ।”
कोजाग्रत पूर्णिमाको अवसरमा आज राष्ट्रपति रामचन्द्र पौडेलले भक्तपुरस्थित नवदुर्गा मन्दिरमा नवदुर्गा भवानीको पूजाअर्चना गरी टीका, प्रसाद ग्रहण गर्नुभएको छ । प्रथम महिला सविता पौडेलसहित राष्ट्रपति पौडेलले नवदुर्गाको विशेष पूजा गर्नुभएको हो ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको भ्रमणको तयारी पूरा भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निमन्त्रणामा उहाँ चार दिने भ्रमणका लागि आज राति नेपाल आउँदै हुनुहुन्छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश विकासका लागि हिजोभन्दा अझ प्रगाढ सम्बन्धका साथ अघि बढ्ने बताउनुभएको छ ।
गत वर्षको वर्षाका कारण आएको वाढीमा परी ज्यान गुमाएका कालीकोटको राँचुलीका १३ जनाको सम्झनामा गाउँलेले स्मृति कपको आयोजना गरेका छन् ।
पुतलीबजार नगरपालिका–१ मालेबगरमा प्रथम उपमेयर कप रनिङ शिल्ड अन्तर विद्यालय छात्रा लिग क्रिकेट प्रतियोगिता हुने भएको छ ।
गुल्मीको धुर्कोट गाउँपालिकामा ८० वर्षभन्दा माथिका बृद्धबृद्धालाई सम्मान गरिएको छ । गाउँपालिकाभरिका ७० भन्दा बढी बृद्धबृद्धालाई खादासहित सम्मानपत्र र फलफूल वितरण गरिएको हो ।