बडादसैँमा संस्कृति धान्ने काम भए पनि विगतको जस्तो हर्षोल्लास भने छाउन नसकेको पाइएको छ । देशमा देखिएको चरम आर्थिक मन्दी र युवा जनशक्तिको पलायनले दसैँ विगतजस्तो बन्न नसकेको हो ।
नेपालगन्जलाई सामाजिक तथा धार्मिक सहरको रूपमा थप बलियो बनाउन प्रशासन–धार्मिक युवा अन्तरसंवादको तयारी गरिएको छ ।
नवलपुरमा पहिलो पटक मगर सांस्कृतिक कृषि पर्यटन तथा व्यापारिक महोत्सव– २०८० हुने भएको छ ।
चीनको एक विकट गाउँ ११ वर्षमै परिवर्तन हुन्छभन्दा पत्याउन गाह्रो लाग्छ । तर नेपालको उत्तरी छिमेकी चीनको युन्नान प्रान्तमा त्यो सम्भव भएको छ ।
धनुषाको मिथिला नगरपालिका–६, ढल्केवरस्थित पूर्वपश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् ।
कोजाग्रत पूर्णिमाको अवसर पारेर नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यालय सानेपामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ ।
चाडपर्व सुरु भएपछि रक्तदान कार्यक्रम घट्दैजाँदा बाँकेमा फेरि रगत अभाव भएको छ । रगत अभाव हुन थालेपछि अभाव टार्नका लागि प्रादेशिक रक्त सञ्चार केन्द्र नेपालगन्जले रक्तदान कार्यक्रम गर्न सम्बन्धित सबैसँग आग्रह गरेको छ ।
तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा फ्रेन्च पर्यटक मौलिक चुड्कामा छमछमी नाचेका छन् । बन्दीपुर घुम्न आएका विदेशी पर्यटकलाई यहाँका होटल व्यवसायीले शुक्रबार राति चुड्कामा नाच्ने व्यवस्था मिलाएका हुन् ।
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले एमालेका लागि सरकार प्राथमिकता नभएको बताउनुभएको छ ।
रुकुमपश्चिममा घाँस काट्न गएकी एक महिलाको मृत्यु भएको छ । शनिबार बिहान घाँस काट्न गएकी सानीभेरी गाउँपालिका–६ छहरा गाउँकी ३५ वर्षीय धनसरी केसी देवकोटाको घाँस काट्नेक्रममा भिरबाट लडेर मृत्यु भएको हो ।
गाउँका जनतालाई स्वास्थ्य सेवा प्रदान गर्न भनी स्थापना गरिएको प्राथमिक स्वास्थ्य केन्द्रमा विगत एक वर्षदेखि डाक्टर छैनन् । डाक्टर नहुँदा स्वास्थ्य सेवा लिन पर्ने सर्वसाधारण मर्कामा परेका छन् ।
विद्युत उपभोक्ताबाट असुल उपर गर्नुपर्ने विद्युत् महसुल बक्यौता वृद्धि हुँदै गएपछि नेपाल विद्युत् प्राधिकरणले त्यस्ता उपभोक्ताको लाइन काट्ने कार्यलाई तीव्रता दिने भएको छ ।
भारतले आफ्नो देशभन्दा बाहिरका जलविद्युत आयोजनाहरूबाट उत्पादित विद्युत खरिद गरी खपत गरिएमा त्यसलाई पनि नवीकरण ऊर्जा अंश गणना हुने व्यवस्था गरेको छ ।
विजया दशमीको टीका लगाएसँगै पदयात्राका लागि पुगेका पर्यटकका कारण अन्नपूर्ण आधार शिविरको पदमार्गमा अहिले आन्तरिक पर्यटकको लर्को लागेको छ ।
यूरोपियन लिगहरु खेलिसकेका सेनेगल राष्ट्रिय फुटबल टोलीका पूर्व डिफेन्डर फलू डियाग्नेलाई दोस्रो नेपाल सुपर लिग (एनएसएल)का लागि धनगढी एफसीले विदेशी अनुबन्ध गरेको छ ।