• १२ साउन २०८१, शनिबार

युरोपेली लिग खेलिसकेका डियाग्ने धनगढी एफसीमा अनुबन्धित

blog

काठमाडौं, कात्तिक ११ गते । युरोपियन लिगहरू खेलिसकेका सेनेगल राष्ट्रिय फुटबल टोलीका पूर्व डिफेन्डर फलू डियाग्नेलाई दोस्रो नेपाल सुपर लिग (एनएसएल) का लागि धनगढी एफसीले विदेशी अनुबन्ध गरेको छ ।

गत उपविजेता धनगढी एफसीले शनिबार विज्ञप्ति जारी गर्दै दोस्रो विदेशी खेलाडीका रूपमा सेनेगल डियाग्नेलाई अनुबन्धित गरिएको जनाएको हो । यसअघि धनगढी एफसीले नेपाली फुटबलमा सफल देखिएका विदेशी खेलाडी ओलाआले अफिजलाई अनुबन्ध गरिसकेको छ  ।

युरोपको विभिन्न चर्चित क्लबबाट खेलिसकेका ३४ वर्षीय डियाग्नेले गत वर्ष चेन्नाईन एफसीबाट भारतको पहिलो श्रेणीको लिग इन्डियन सुपर लिग समेत खेल्नुभएको थियो । सन् २०१६ मा केप भर्ड विरुद्धको खेलमा सेनेगल राष्ट्रिय टिमका लागि पदार्पण गरेका डियाग्नेले चार अन्तर्राष्ट्रिय खेल खेल्नुभएको छ ।

फ्रान्सको लिग वान क्लब एफसी मेट्जबाट व्यावसायिक जीवन सुरु गर्नुभएका फलू डियाग्नेले जेर्मन बुण्डेसलिगा क्लब  पÞm्राइवर्गबाट युरोपा लिग समेत खेलिसक्नुभएको छ । उहाँले जर्मनीकै अर्को प्रतिष्ठित क्लब वेडर ब्रिमनबाट बुण्न्डेसलिगा र स्टेड रेन्नैसबाट फ्रेन्च लिग पनि खेल्नुभएको छ । डियाग्नेसँग टर्किश र भारतीय फुटबलको पहिलो श्रेणीको समेत अनुभव रहेको छ । एनएसएल आबद्ध विदेशी खेलाडीमध्ये हालसम्म उनी प्रतिष्ठित लिग खेल्ने सबैभन्दा अनुभवी खेलाडी हुनुहुन्छ ।

धनगढीसँग आबद्ध हुन पाउँदा खुसी व्यक्त गर्दै डियाग्नेले भारतमा यसअघि खेलिसकेकाले यस क्षेत्रको फुटबलबारे जानकार रहेको र आफ्नो सम्पूर्ण अनुभव नेपालमा पोख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

‘‘विदेशी खेलाडी धनगढी एफसीमा सम्झौता गर्न पाउँदा एकदमै खुसी छु । पहिलो सिजनको उपविजेता टोलीमा सम्झौता गर्न पाउँदा निकै हर्षित छु । अघिल्लो सिजन भारतमा खेलेको हुनाले नेपालको फुटबलको बारेमा थोरै भए पनि जानकार छु । आफ्नो तर्फबाट सक्दो मिहिनेत गर्दै टोलीलाई एकस्थान माथि पुर्‍याउन भूमिका खेल्ने प्रतिबद्धता जनाउँछु । अवसरका लागि टोली सम्पूर्ण टोली व्यवस्थापकलाई धन्यवाद ज्ञापन गर्दछु,’’ सम्झौतामा डियाग्नेले भन्नुभयो ।

धनगढी एफसीका अध्यक्ष सुवास शाहीले युरोपियन लिगको अनुभव भएका खेलाडीलाई नेपालमा भित्र्याउन पाउँदा खुसी व्यक्त गर्दै उहाँको अनुभवले नेपाली खेलाडीलाई समेत सिक्ने अवसर हुने धारणा राख्नुभयो । एनएसएलको दोस्रो संस्करण आगामी मङ्सिर ८ देखि पुस २१ गतेसम्म काठमाडौँको दशरथ रङ्गशालामा हुँदैछ ।