मुगुको मुन्दुगाउँस्थित एकै परिवारका चार जनाको हत्या भएको घटनाको अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसहितको प्रहरी टोली परिचालन गरिएको छ ।
पुतलीबजार नगरपालिका ५ र फेदीखोला गाउँपालिका १ को सिमानामा पर्ने ‘नुवाकोट’ जिल्लाकै एक महत्त्वपूर्ण पर्यटकीय गन्तव्य हो ।
संयुक्त राष्ट्रसङ्घको विश्व शान्ति अभियानमा नेपालको ६५ वर्षदेखि दर्बिलो साथ र सहयोग रहँदै आएको छ भने नेपालको परराष्ट्र नीतिमा पनि राष्ट्रसङ्घकै बडापत्रको सिद्धान्तलाई सर्वाधिक प्राथमिकता दिइएको छ ।
नेपाल जुडो सङ्घले शनिबार विश्व जुडो दिवस मनाएको छ । अक्टोबर २८ तारिखका दिन अन्तर्राष्ट्रिय जुडो महासङ्घ (आईएसजेएफ) मा आबद्ध करिब २०५ देशमा कार्यक्रम गरी विश्व जुडो दिवस मनाउने प्रचलन रहेको छ ।
काठमाडौँ उपत्यकाको लोपोन्मुख यः सिं गुं पर्व आजबाट सुरु भएको छ । शनिबारबाट भीमसेन स्थान परिसरमा महिलाहरूद्वारा लिङ्गो ठड्याएर पर्व सुरु भएको हो ।
अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ विदेशमन्त्री वाङ यी बीच शुक्रबार ह्वाट हाउसमा भेटवार्ता भएको छ । सो भेटले चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्भावित भ्रमण पूर्व दुई देशबिचको सम्बन्धलाई सुमधुर बनाउन खोजिएको आशय प्रतिबिम्बित टिप्पणी भएको छ ।
कालिजले बजार नपाउँदा किसान निराश भएका छन् । बजार अभावमा कालिजपालन गरेका उद्यमीहरू विस्थापित हुन थालेका छन् ।
आइसिसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटमा खेल्ने १५ सदस्यीय नेपाली क्रिकेट टिमको घोषणा गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले शनिबार घोषित टिममा रोहित पौडेलको कप्तान पद यथावत् छ ।
पर्यटन प्रवर्द्धनको उद्देश्य लिएर मकवानपुरका १३ जना साइकलयात्रीले आज बिहान पूर्वी नेपालको काँकडभिट्टाबाट मेची–महाकाली यात्रा सुरु गरेका छन् ।
सुर्खेत विमानस्थलमा आठ करोडका बत्ती जडान हुने भएका छन् । अबको तीन महिना भित्र राति पनि उडान सुरु हुने भएसँगै बत्ती जडान गरिने भएको हो ।
काठमाडौँको चोभारडाँडास्थित आदिनाथ मन्दिरमा एक महिने मेला आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल (कोजाग्रत) पूर्णिमाका दिन सुरु हुने मेला कात्तिक शुक्ल पूर्णिमासम्म सञ्चालन हुन्छ ।
आज कोजाग्रत पूर्णिमा । विधिवत् रूपमा महालक्ष्मीको पूजापाठ गर्दै यस वर्षको विजयादशमीको समापन गरिदैं छ । महालक्ष्मीको पूजापाठ गर्दै कोजाग्रत पूर्णिमाका दिन रातभर जाग्राम रहने चलन छ । यद्यपि मिथिला क्षेत्रमा भने कोजाग्रत पूर्णिमा मनाउने चलन फरक किसिमको छ ।
विगतका तुलनामा दसैँ शान्तिपूर्ण भएको र कुनै ठूला घटना, दुर्घटना नभएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जानकारी दिएको छ । फूलपातीयता आजसम्म केही छिटफुट घटना भए पनि ठूला आपराधिक घटना, चोरी डकैती, तथा दुर्घटना नभएको कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले दुग्ध उत्पादक किसानलाई उत्पादनको आधारमा नगद अनुदान वितरण गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७९/८० को दुध सङ्कलन विवरणको आधारमा दुध उत्पादन अनुदान वितरण गरेको हो । यही हिसाबका आधारमा ३६ लाख १२ हजार ४०३ रुपियाँ अनुदान वितरण गरिएको छ । दुधमा आत्मनिर्भर तिलोत्तमाले व्यावसायिक पशुपालनलाई प्रोत्साहन गर्न उत्पादनमा आधारित अनुदान कार्यक्रम अगाडि बढाएको हो । नगरपालिकाले नियमित रूपमा पशु बिमा रकममा ५० प्रतिशत अनुदान पनि दिँदै आएको नगर प्रमुख रामकृष्ण खाणले बताउनुभयो । अनुदानमा साना किसानको पहुँचलाई बढाउँदै दुग्ध उत्पादनमा प्रोत्साहन गर्न अनुदान कार्यक्रम ल्याइएको उहाँको भनाइ छ ।