• १३ मंसिर २०८१, बिहिबार

विश्व जुडो दिवस मनाइयो

blog

काठमाडौं, कात्तिक ११ गते । नेपाल जुडो सङ्घले शनिबार विश्व जुडो दिवस मनाएको छ । अक्टोबर २८ तारिखका दिन अन्तर्राष्ट्रिय जुडो महासङ्घ (आईएसजेएफ) मा आबद्ध करिब २०५ देशमा कार्यक्रम गरी विश्व जुडो दिवस मनाउने प्रचलन रहेको छ ।

यही प्रचलनअनुरूप नेपालमा पनि हरेक वर्ष यस दिन विभिन्न कार्यक्रम गरी विश्व जुडो दिवस मनाउँदै आएको जानकारी नेपाल जुडो सङ्घका अध्यक्ष दीपकहर्ष बज्राचार्यले दिनुभयो । जुडोका संस्थापक जापानका जिगोरो कानोको जन्मदिनको अवसरमा विश्व जुडो दिवस मनाउने गर्दछ ।

यसपटक जुडो सङ्घले नयाँ बजारको खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र (एमएमएसी) मा ‘मेक ए फ्रेन्ड’नारासहित जुडोको प्रदर्शनी तथा प्रभातफेरी गरी विश्व जुडो दिवस मनाएको छ । सो कार्यक्रममा खेलाडीहरूका साथै सङ्घका पदाधिकारी तथा प्रशिक्षकहरूको उपस्थिति रहेको थियो ।