दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का नवनियुक्त महासचिव गोलाम सरवरले कार्यभार सम्हाल्नुभएको छ ।
नेपाली लोक संस्कृतिको पहिचान झल्काउने महत्त्वपूर्ण सरायँ नाच आज पाल्पाको तानसेन नगरपालिका –११ मा रहेको लिपिन्देवी मन्दिरमा प्रदर्शन गरिएको छ ।
दसैँ तिहारको समयमा ताप्लेजुङको कञ्चनजङ्घा क्षेत्रमा घुम्न जाने पर्यटक सङ्ख्या बढ्दै गएको छ । मौसम खुलेको समय र दसैँ तिहारको लामो बिदाका समयमा प्राकृतिक सुन्दरतामा रमाउन चाहनेका लागि पहिलो रोजाइमा कञ्चनजङ्घा क्षेत्र पर्न गएको हो ।
नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस लोकतान्त्रिक पार्टी हुनाका नाताले राजनीतिक दलहरूप्रतिको आलोचनालाई सकारात्मकरुपमा लिएको बताउनुभएको छ ।
पहाडी जिल्लामा मात्रै सीमित सराँय नाच पछिल्लो समय रुपन्देहीको बुटवलमा स्थापित बन्दैगएको छ । दुर्गापक्षको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा नवदुर्गा मन्दिर व्यवस्थापन समितिले सराँय नाचको आयोजना गर्दैआएको हो ।
चिनियाँ विदेशमन्त्री वाङ यीले चीन–अमेरिकाबीच “पाँच आवश्यक” कुराको विकासमा जोड दिनुभएको छ । बिहीबारदेखि शुक्रबारसम्म अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँगको वार्तामा उहाँले सो कुरामा जोड दिनुभएको हो ।
पाल्पामा शनिबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत माथागढी गाउँपालिका–१ बिरौटामा मोटरसाइकल दुर्घटना हुँदा वालिङ नगरपालिका–५ स्याङ्जाका ४१ वर्षीय मोहनीलाल थापाको मृत्यु भएको हो ।
बढ्दो मुद्रास्फीतिको दबाब बिच रुसको केन्द्रीय बैङ्कले शुक्रबार प्रमुख ब्याजदर दुई प्रतिशतले बढाएर १५ प्रतिशत पुर्याएको छ ।
नेपाल सरकारद्वारा रक्त सम्राट् पदवीबाट सम्मानित नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यलाई नेपालगन्जमा सम्मान गरिएको छ ।
तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको काम धमाधम भइरहेको छ । निर्धारित समयमा पूरा गर्ने उद्देश्य दसैँको बिदामा समेत काम जारी राखिएको हो ।
बाँके ट्राफिकले जिल्लाका विभिन्न ठाउँठाउँमा पुगेर ट्राफिक नियम कानुनसम्बन्धी सचेतना कार्यक्रम निरन्तर गरिरहेको छ ।
दाङको तुलसीपुरमा प्रथम नवयूथ कप पुरुष भलिबल प्रतियोगिता २०८० हुने भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १ को आयोजना तथा नवयूथ क्लबको समन्वयमा यही कार्तिक १७ गतेदेखि प्रतियोगिता हुन थालेको हो ।
विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा र प्रसिद्ध तीर्थस्थल पाथीभराको जिल्ला भनेर ताप्लेजुङलाई चिनिन्छ । ताप्लेजुङका उक्त दुई मुख्य पर्यटकीय तथा धार्मिक गन्तव्य हुन् भने अन्य थुप्रै पर्यटकीय गन्तव्यहरु रहेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टेनियो गुटेरेसको आसन्न नेपाल भ्रमणबाट विश्व समुदायमा नेपालको प्रतिष्ठा अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभएको छ ।
दसैँ बिदाका समयमा चितवनको पर्यटकीय नगरी सौराहाका होटल भरिभराउ भएका छन् । दसैँअघि सुनसान रहेका होटल दसैँपछि भरिभराउ भएपछि व्यवसायी उत्साहित भएका हुन् ।