• १२ साउन २०८१, शनिबार

प्रथम नवयूथ कप पुरुष भलिबल प्रतियोगिता हुने

blog

लिलाधर वली
घोराही, कात्तिक ११ गते । 
दाङको तुलसीपुरमा प्रथम नवयूथ कप पुरुष भलिबल प्रतियोगिता २०८० हुने भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १ को आयोजना तथा नवयूथ क्लबको समन्वयमा यही कार्तिक १७ गतेदेखि प्रतियोगिता हुन थालेको हो ।

छोटेस्थीत शिव मन्दिर खेल मैदानमा तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा तुलसीपुर नगरभित्रका १९ वडाका टिमको सहभागिता रहने भएको छ । प्रतियोगिताको विजेता टिमले नगद ४० हजार, कप, मेडल प्रमाणपत्र हात पार्ने छन् । त्यस्तै, उपविजेता टिमले नगद २० हजार, कप, मेडल प्रमाणपत्र हात पार्ने छन् ।

प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीमध्ये व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडीलाई नगद एक हजार र ट्रफि, वेस्ट स्पाईकर, वेस्ट सर्भर, वेस्ट ब्लकरलाई नगद पाँच सयका साथमा ट्रफि प्रदान गरिने नवयूथ क्लबका अध्यक्ष वालकृष्ण धितालले जानकारी दिनु भएको छ ।