• १३ असोज २०८१, आइतबार

सुर्खेत विमानस्थलमा आठ करोडकाे बत्ती जडान हुने

blog

सुर्खेत विमानस्थल । तस्बिर: गोरखापत्र

नवीन सुवेदी

सुर्खेत, कात्तिक ११ गते । सुर्खेत विमानस्थलमा आठ करोडका बत्ती जडान हुने भएका छन् । अबको तीन महिना भित्र राति पनि उडान सुरु हुने भएसँगै बत्ती जडान गरिने भएको हो । 

नागरिक उड्डयन प्राधिकरणले आठ करोड लगानीमा अहिले विमानस्थलको रनवेमा काम भइरहेको हो । विमानस्थल प्रमुख राजन ढुङ्गेलका अनुसार आइकाओको मापदण्ड अनुसार विमानस्थलमा बत्ती जडान हुने भएको छ । यसकालागि प्राधिकरणको इलेक्ट्रिक विभागले काम सुरु गरेको हो ।

सुर्खेत विमानस्थललाई प्राधिकरणले बत्ती जडानका लागि भनेर चालु आर्थिक वर्ष २०८०/०८१ मा बजेटको व्यवस्था गरेको हो । ‘ठेक्का प्रक्रिया अगाडी नै सुरु भएको हो । चालु आर्थिक वर्षमा बजेट विनियोजन हुने समयमा नै बजेट आएको हो ।’ प्रमुख ढुङ्गेलले भन्नुभयो, ‘यो बजेट अहिले तत्काल आएको होइन ।’ उहाँले काम गर्ने जिम्मा प्राधिकरणले नै लिएको बताउँदै बत्ती जडानबारे सिङ्गल या डबल कुन सर्किट बनाउने भन्ने अहिले नै भन्न नसकिने बताउनुभयो ।