संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस र उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काबीच भेटवार्ता सुरु भएको छ ।
मन्दु गाउँमा तीन सन्तानसहित आमाको हत्या प्रकरणमा प्रहरीले अनुसन्धान हत्यारा नजिक पुगेको दाबी गरेको छ ।
आइतबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । आज नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको हो ।
जापानी वैज्ञानिकहरूले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) मा मुसाको भ्रूणको विकास गरेका छन् ।
अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधारशिविर आन्तरिक पर्यटकले भरिभराउ भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा यतिखेर पर्यटकको घुइँचो लागेको हो ।
सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । नयाँबानेश्वरस्थित संसद् भवनमा आइतबार दिउँसोबाट बैठक सुरु भएको हो ।
उच्चस्तरीय भेटवार्ताका लागि संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस सिंहदरबार पुग्नुभएको छ । उहाँले आज सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री एनपी साउदलाई भेट्ने कार्यसूची रहेको छ ।
मकवानपुरको पर्यटकीय स्थल चित्लाङमा व्यावसायिक रुपमा प्याराग्लाइडिङ उडान सुरु गरिएको छ । बाबु एडभेन्चर्स प्रा.लि.ले थाहा नगरपालिकाको चित्लाङमा प्याराग्लाइडिङ सेवा सुरु गरेको हो ।
दसैँ–तिहारको समय मनाङको तिलिचोलगायतका पर्यटकीय क्षेत्रमा घुम्न जाने पर्यटक सङ्ख्या बढ्दैगएको छ । खुलेको मौसम र दसैँ–तिहारको लामो बिदाको समयमा प्राकृतिक सुन्दरतामा रमाउन चाहनेका लागि पहिलो रोजाइमा यो क्षेत्र पर्न गएको हो ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आज ललितपुरको पाटन दरबार क्षेत्रको अवलोकन गर्नुहुने भएको छ । नेपाल भ्रमणमा रहनुभएका गुटेरेसले आज दिउँसो पाटन दरबार क्षेत्रको अवलोकन भ्रमण गर्नुहुने कार्यक्रम रहेको पाटन सङ्ग्रहालय अधिकृत सुरेशमान लाखेले जानकारी दिनुभयो ।
लेबनानमा तैनाथ संयुक्त राष्ट्रसङ्घीय अन्तरिम फौजअन्तर्गत खटिएका एक नेपाली शान्ति सैनिक घाइते भएका छन् । त्यहाँस्थित नेपाली सैनिक रहेको संयुक्त राष्ट्रसङ्घीय पोष्ट ८–३३ नजिक सम्भावित इजरायली डिफेन्स फोर्स र हिजबुल्ला समूहबीचको आर्टिलरीररकेटरमोर्टार प्रहारका क्रममा यही कात्तिक ११ गते राति ती हतियारको सेल खसेर ती सैनिक घाइते भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले टि २० विश्वकपमा क्वालियफायर हुनु नै आफुहरुको एकमात्र लक्ष्य रहेको बताउनुभएको छ ।
लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्ष एवं मधेस प्रदेशका अध्यक्ष जीतेन्द्र सोनलले सङ्घीयतालाई संस्थागत गर्नुपर्नेमा जोड दिनुभएको छ । परवानीपुर गाउँपालिका–२ रामपुर टोकनी लोसपा वडा समितिले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले सङ्घीयतालाई सबल तुल्याउनुपर्ने बताउनुभयो ।
कैलालीको टीकापुर नगरपालिका –७ बैदी डल्फिन क्षेत्रस्थित खेतबाट घाइते अजिङ्गरको आज उद्धार गरिएको छ ।
जुवा खेलिरहेको समयमा प्रहरीले सात जना जुवाडेलाई पक्राउ गरेको छ । शनिबार बेलुकी तानसेनको बडिज्ञानटोलस्थित एक घरमा जुवातास खेलिरहेका समयमा प्रहरीले सात जना जुवाडेलाई पक्राउ गरेको हो ।