• २७ वैशाख २०८१, बिहिबार

डल्फिन क्षेत्रबाट अजिङ्गरको उद्धार

blog

उद्धार गरिएको अजिङ्गगर । तस्बिर सौजन्य : भोजराज ढुंगाना

अविनाश चौधरी

धनगढी, कात्तिक १२ गते । कैलालीको टीकापुर नगरपालिका –७ बैदी डल्फिन क्षेत्रस्थित खेतबाट घाइते अजिङ्गरको आज उद्धार गरिएको छ । 

स्थानीय संरक्षणकर्मी भोजराज ढुङ्गाना, क्षेत्रराज रेग्मी, कुस्माकर न्यौपाने लगायतकाले अजिङ्गरको उद्धार गरेका हुन् । घाइते अजिङ्गर धान काटेको खेतमा फेला परेको डल्फिन, जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्षसमेत रहनुभएका संरक्षणकर्मी भोजराज ढुङ्गानाले जानकारी दिनुभयो । 

उहाँका अनुसार अजिङ्गरको टाउकोमा चोट लागेको छ । उद्धार गरिएको अजिङ्गर डेढ मिटर लामो र १० केजी तौलको रहेको जनाइएको छ । अजिङ्गरको पशु प्राविधिक एवम् संरक्षणकर्मी प्राङ्कुश चौधरीले उपचार गर्नुभयो । 

उपचार पश्चात् अजिङ्गरलाई सत्ती कर्णाली सामुदायिक वनमा छोडिएको ढुङ्गानाले बताउनुभयो । केही दिनअघि पनि सो नगरपालिकामा रहेको धान खेतमा घाइते अवस्थामा वयस्क अजिङ्गर फेला परेको थियो ।