काठमाडौं, कात्तिक १२ गते । सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । नयाँबानेश्वरस्थित संसद् भवनमा आइतबार दिउँसोबाट बैठक सुरु भएको हो ।
आजको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरु तथा संयुक्त राष्ट्रसङ्घका महासचिवको सम्बोधनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुहुने कार्यसूची छ ।
यसैगरी, परराष्ट्र मन्त्री नारायण प्रकाश साउनले ‘बिमस्टेक वडापत्र अनुमोदनसम्बन्धी प्रस्ताव’ पेश गर्नुहुने कार्यसूची रहेको प्रतिनिधि सभाका सचिव पद्यप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।
त्यस्तै, अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंकिङ् कसूर तथा सजाय (दोस्रो संशोधन)विधेयक २०८० र भन्सार विधेयक, २०८० प्रस्तुत गर्नुहुनेछ ।