आफ्नो गाउँका बारीका कान्लाबाट छलाङ मारेर आइपुग्दा मेलबर्न,
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभाको बैठक आज (बुधबार) बस्दैछ । बैठक दिउँसो १ बजेबाट सुरु हुनेछ ।
जिल्ला अदालत दैलेखले बालिका बलात्कारको कसुरमा काभ्रे जिल्ला पाँचखाल नगरपालिका–६, हाक्से घर भई दैलेख बस्ने २६ वर्षीय शिबु तामाङलाई १९ वर्ष कैद फैसला गरेको छ। तामाङबाट पीडितलाई एक लाख क्षतिपूर्ति र पीडित राहत कोषमा २२ रुपियाँ तिर्नुपर्ने फैसला समेत भएको छ।
मानिसले घरजम गर्न थालेदेखि नै यौन सम्पर्कले सहवासको रूप धारण गरेको मानिन्छ । सामान्य यौन सम्पर्क र सहवासमा शाब्दिक मात्र हो
यो वर्षको एसइई परीक्षामा रुपन्देहीबाट १८ हजार ८५० जना विद्यार्थी सहभागी हुने भएका छन् । परीक्षाका लागि रुपन्देहीमा ५६ वटा परीक्षा केन्द्रको व्यवस्था गरिएको छ ।
सिन्धुपाल्चोक १२ स्थानीय तहका स्वास्थ्य एकाइ र अस्पतालका अधिकांश एम्बुलेन्स बिग्रिएपछि चर्को मूल्य तिरेर भाडाका गाडीमा बिरामी स्वास्थ्य संस्था जानुपर्ने बाध्यता छ। भोटेकोशी गाउँपालिकाको फुल्पिङकोट स्वास्थ्य चौकीको बा२झ ३५ नम्बरको एम्बुलेन्स बिगे्रको एक वर्ष बितेको छ। तर मर्मत नहुमँदा पालिकाका बिरामी भाडाका महँगो गाडीमा अस्पतालमा उपचारका लागि जानु परिरहेको छ। बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रको एम्बुलेन्स बिग्रेको नौ वर्ष बितिसकेको छ। स्वास्थ्य केन्द्रकै द्वारमा थन्किएको उक्त एम्बुलेन्स मर्मत भएको छैन।
तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरिमा दूषित पानीका कारण फैलिएको झाडापखाला नियन्त्रणमा आएको छ ।
दुई वर्षपछि आयोजना हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कर्णालीमा धमाधम पूर्वाधार विकास भइरहेको छ। यसअघि ठूला खेलकुद प्रतियोगिता सञ्चालन नगरेको कर्णालीलाई राष्ट्रियस्तरको प्रतियोगिता सञ्चालन तथा व्यवस्थापनमा भने निकै चुनौती हुने देखिएको छ। यद्यपि, प्रतियोगितालाई लक्षित गरी पूर्वाधार निर्माणको कामलाई तीव्रता दिइएको छ।
आमा ! नेपाल आमा ! आमा, नेपाल म !
आगामी वैशाख १० गते हुने तनहुँ–१ को प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि ७६० जना कर्मचारी परिचालन गरिने भएको छ ।
अतिसङ्कटापन्न खरमजुर नेपालबाट लोप हुने खतरा बढेको छ। यो चराको सङ्ख्या वृद्धि हुन नसकी घट्दै गएकाले लोप हुने खतरा बढेको हो। नेपालमा एक सयभन्दा कम सङ्ख्या रहेको खरमजुर शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, कोशीटप्पु वन्यजन्तु आरक्ष र चितवन नेसनल पार्कमा रहेका छन्। बर्दिया राष्ट्रिय निकुञ्जमा खरमजुर रहेको भनिए पनि केही वर्षदेखि फेला नपरेको बताइन्छ।
स्कुले विद्यार्थीका लागि फलामे ढोका मानिने एसइई परीक्षामा महोत्तरीबाट सहभागी हुने परीक्षार्थीको सङ्ख्या यो वर्ष करिब चार प्रतिशतले वृद्धि भएको छ ।
ऋण लिनु कसैको रहर हुँदैन। बाध्यतावश ऋण लिनुपर्ने अवस्था आइपर्छ र एउटा समाजमा चलिआएको लेनदेन व्यवहार पनि हो। समाजकै लेनदेन व्यवहार भए पनि गाउँसमाजमा साहुसँग ऋण लिनुपर्ने अवस्था कहालीलाग्दो नै हुन्छ। व्यक्तिगत रूपमा साहुसँग लिइने ऋणमा मिटर घुमेजस्तो ब्याज घुम्ने भएकाले यसलाई चलनचल्तीको भाषामा मिटरब्याजी ऋण भन्ने गरिन्छ। यही कहालीलाग्दो अवस्थाको प्रतिनिधित्व गर्दै पूर्वी तराईका सप्तरी, धनुषा, महोत्तरी, सर्लाहीलगायतका जिल्लाका प्रतिनिधि पात्रहरू राजधानी काठमाडौँमा आफ्ना दुःख, पीडा व्यक्त गर्न बर्दिवासबाट पैदलै आइपुगेका छन्। कुल ९० जनाको यस प्रतिनिधि समूहमा दूधे बालकसहि
संसद्बाट सङ्घीय निजामती सेवा ऐन पारित गर्ने विषयले प्राथमिकता पाउने देखिएको छ। निजामती कर्मचारीले अनिवार्य अवकाश पाउने उमेर ५८ वर्ष नै उपयुक्त हो वा यसमा परिवर्तन गर्नुपर्ने हो भन्ने विषयमा संसद्ले निर्णय दिनुपर्ने अवस्था छ। नेपालको निजामती सेवामा लामो समयदेखि ६० वर्षको उमेरलाई नै अनिवार्य अवकाश पाउने उमेर तोकिए