• ९ पुस २०८१, मङ्गलबार

बन्धकलाई अविलम्ब रिहा गर्न महासचिव गुटेरेसको आग्रह

blog

काठमाडौँ, कात्तिक १२ गते । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले गाजामा बन्धक बनाइएका सबैलाई निःसर्त तत्काल रिहा गर्न आग्रह गर्नुभएको छ । 

नेपालको औपचारिक भ्रमणमा रहनुभएका महासचिव गुटेरेसले सामाजिक सञ्जाल मार्फत सो आग्रह गर्नुभएको हो । उहाँले लेख्नुभएको छ, “म नेपालबाट गाजामा बन्दी बनाइएका सबैलाई निःसर्त एवम् तत्काल रिहा गर्न आग्रह गर्दछु । सर्वसाधारणको हत्या, उनीहरुमाथि हुने आक्रमण र अपहरणलाई कदापि न्यायोचित मान्न सकिँदैन ।”  

नेपालका विपिन जोशीलाई हमासले बन्धक बनाएको आशङ्का गरिएको छ । आतङ्कवादी समूह हमासले इजरायलमा गरेको आक्रमणपछि बिपीन सम्पर्कविहीन भएका छन् । सो आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ । उक्त समूहले गत असोज २० गते इजरायलमाथि आक्रमण गरेको थियो । रासस