• २१ असार २०८२, शनिबार

सभापति देउवाद्वारा शान्ति प्रक्रियामा संयुक्त राष्ट्रसङ्घले निर्वाह गरेको भूमिकाको प्रशंसा

blog

काठमाडौं, कात्तिक १२ गते । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको शान्ति प्रक्रियामा संयुक्त राष्ट्रसंघले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुभएको छ । 

नेपालको औपचारिक भ्रमणमा रहनुभएका संयुक्त राष्ट्र सङ्घ (युएन) का महासचिव एन्टोनियो गुटेरेसबिच बानेश्वरस्थित सङ्घीय संसद् भवनमा आइतबार दिउँसो ३ः१५ मा भएको शिष्टाचार भेटमा उहाँले सो प्रशंसा गर्नुभएको हो । 

उहाँले शान्ति प्रक्रियामा विगत लामो समयदेखि काम भइरहेको र केही बाँकी कामहरूका सन्दर्भमा विभिन्न पा एवम् सरोकारवालासँग साझा सहमति र समन्वय गरी टुङ्गोमा पुर्‍याइने  धारणा राख्नुभयो ।

उहाँहरूबिच नेपालको शान्ति प्रक्रिया, दिगो विकास, जलवायु परिवर्तन लगायतका विषयमा छलफल भएको छ । सभापति देउवाले जलवायु परिवर्तनले लगायत नेपाल जस्तो अल्पविकसित मुलुकलाई पारेको गहिरो असरबारे पनि अवगत गराउनुभयो ।