• ६ माघ २०८१, आइतबार

‘गुटेरेसले नेपालको सदनलाई सम्बोधन गर्नु गौरवको विषय’

blog

प्रतिनिधिसभा सदस्य राजकिशोर यादव । फाइल तस्बिर

ललिता साह

वोदेवर्साइन (सप्तरी) कात्तिक १२ गते । अन्तर्राष्ट्रिय तथा पर्यटन सम्बन्ध समितिका सभापति तथा प्रतिनिधिसभा सदस्य राजकिशोर यादवले संयुक्त राष्ट्रसङ्घको महासचिव एन्टोनियो गुटेरेस नेपालको सदनलाई सम्बोधन गर्नु गौरवको विषय भएको बताउनुभएको छ ।

जनता समाजवादी पार्टीको अध्यक्ष मण्डलका कार्यकारणी सदस्य समेत रहनुभएका यादवले कार्यकर्ता भेटघाटको क्रममा आइतबार सो कुरा बताउनुभएको हो । सप्तरी पुग्नुभएका संसद् यादवले राजविराज विमानस्थलमा पत्रकारसँग कुरा गर्दै गुटेरेसको नेपाल भ्रमणले राम्रो सन्देश जाने बताउनुभयो । 

पहिलो पटक नेपाल भ्रमणमा रहनुभएका महासचिव गुटेरेस नेपालको द्वन्द्व पश्चताको शान्ति प्रक्रिया तथा सङ्क्रमणकालीन न्यायको समीक्षा तथा जलवायु परिवर्तनवारे सम्बोधन गर्नुहुने उहाँले बताउनुभयो । नेपाल जसरी द्वन्द्वपश्चात् शान्तिप्रक्रियाको माध्यमले देशलाई शान्ति र विकासको बाटोतर्फ लग्न सफल हुनु विश्वसामु उदाहरणीय रहेको उहाँले बताउनुभयो ।