सडक निर्माणका लागि सरकारले आवश्यक निर्माणस्थल खाली गर्न नसक्दा स्याफ्रुबेँसी-रसुवागढी सडक निर्माण अघि बढ्न सकेको छैन । चिनियाँ सहयोगमा निर्माण गर्न लागिएको यो सडकमा निर्माणस्थल खाली गर्न नसकेकै कारण भौतिक काम सुरु हुन नसकेको हो ।
चालु वर्षमा चीनको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) पाँच दशमलव दुई प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय वित्तीय मञ्च (आईएफएफ) ले २०२४ मा चीनको जिडिपी ५ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ ।
नेपालको औपचारिक भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस र नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाबिच भेटवार्ता भएको छ ।
नेपाल र चीनको सिमाना हिल्साको नेपालतर्फको सडकको ढलान कार्य धमाधम भइरहेको छ । चीनको ताक्लाकोटबाट ढुवानी भएर आएको सामग्री सो क्षेत्र झारिने र सडक ढलान नभएको कारण सामानहरू धुलाम्मे हुन थालेपछि सडक ढलानको काम सुरु गरिएको हो ।
हिन्दुहरूको महान् पर्व दसैँ सकिएलगत्तै बाँकेका अधिकांश किसान धान काट्ने काममा व्यस्त भएका छन् । कृषि ज्ञान केन्द्र नेपालगन्जका अनुसार अहिले जिल्लाका विभिन्न स्थानका अधिकांश किसान बिहानदेखि बेलुकासम्म धान काट्न जुटेका छन् ।
असोज महिनामा मालबस्तुको आयातमा सामान्य वृद्धि भएको छ । यस वर्ष कात्तिकमा दसैँ, तिहार जस्ता चाडपर्वका लागि हुने खपतका कारण आयात बढेको हो ।
हेटौँडाका अमृत ताम्राकार दसैँ बिदाको समय सदुपयोग गर्न मनाङ भ्रमणमा आउनुभएको छ । उहाँ भन्नुहुन्छ, “लामो समयदेखि मनाङ आउने योजना थियो, बल्ल यसवर्ष आउने समय मिल्यो ।” मनाङ आएर यहाँको प्रकृतिसँग रमाउनुको मज्जा नै बेग्लै रहेको ताम्राकारको भनाइ छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको चारदिने औपचारिक नेपाल भ्रमणबाट राष्ट्रसङ्घ र अन्तर्राष्ट्रिय समुदायसँग नेपालको सम्बन्धलाई थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
कैलालीमा करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ । भजनी नगरपालिका –२ पल्टुपुरकी १३ वर्षीया सुस्मा चौधरीको ज्यान गएको हो ।
काठमाडौँ महानगरपालिका–२७ ठमेलस्थित वाल्डो होटलमा बस्दै आएका भारतीय नागरिकको नगद लुटपाट गरेको अभियोगमा प्रहरीले दुई जना पक्राउ गरेको छ ।
पोखरा–बागलुङ सडक मार्गमा पर्ने पर्वतको मोदी गाउँपालिका –६ स्थित बेतेनीमा आइतबार दिउँसो तीन वटा गाडीहरू एकापसमा ठोक्किँदा चार जना घाइते भएका छन् ।
पूर्वसभामुख अग्निप्रसाद सापकोटाले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन सहजीकरण गर्ने बताउनुभएको छ ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २८ दशमलब १८ अङ्कले ओरालो लागेर एक हजार आठ सय ७५ दशमलब ६५ मा सीमित भएको छ । यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलब १६ अङ्कले ओरालो लागेर तीन सय ६१ दशमलब ९४ मा सीमित भएको छ ।
दुई चार पेज कण्ठ पारेको सुनिएकै हो, तर यहाँ एक १८ वर्षीय युवकले मुस्लिमको धर्मग्रन्ध कुरान नै कण्ठ पार्नुभएको छ । भीरकोट नगरपालिका –२ ठूलो गाउँका साजितद्दिन मियाँले ७९१ पृष्ठको कुरान कण्ठ पार्नुभएको हो ।
६ सय ३५ मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना मुआब्जा निर्धारण नहुँदा अन्योलमा परेको छ । लामो समयसम्म पटक–पटक मुआब्जाका लागि छलफल भए पनि अहिलेसम्म निर्धारण हुन सकेको छैन ।