• २७ वैशाख २०८१, बिहिबार

करेन्ट लागेर किशोरीको मृत्यु

blog

अविनाश चौधरी

धनगढी, कात्तिक १२ गते । कैलालीमा करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ । भजनी नगरपालिका –२ पल्टुपुरकी १३ वर्षीया सुस्मा चौधरीको ज्यान गएको हो । 

जिल्ला प्रहरी कार्यालयका अनुसार पंखाले धानको भुस केलाउने क्रममा सुस्मा र उहाँकी आमा प्रेमी डंगौरालाई करेन्ट लागेको थियो । स्ट्याण्ड पङ्खाको तारले करेन्ट लागेर घाइते आमा छोरीलाई उपचारका लागि भजनी प्राथमिक स्वास्थ्य केन्द्र लगिएको थियो । 

उपचारको क्रममा सुस्माको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिनुभयो । आमा प्रेमीको भने स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।