रुकुमपश्चिममा कुटपिटबाट गम्भीर घाइते हुनुभएका एक ज्येष्ठ नागरिकको उपचारको क्रममा मृत्यु भएको छ । घाइतेको मृत्युपछि कुटपिट गर्ने कार्यमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नेपालको औपचारिक भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले ऐतिहासिक एवं पुरातात्त्विक महत्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको अवलोकन गर्नुभएको छ ।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रिया टुङ्गोमा पुर्याउन आफ्नो दलको तर्फबाट सक्दो सहयोग गरिरहेको बताउनुभएको छ ।
नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको शान्ति प्रक्रियामा संयुक्त राष्ट्रसंघले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र नेपालको भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबिच भेटवार्ता भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग नेपालका लागि स्विट्जरल्याण्डका राजदूत डानिइल्ले म्युले आज शिष्टाचार भेट गर्नुभएको छ ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालले अल्पविकसितबाट विकासशील मुलुकमा स्तरोन्नति हुन गरेका प्रयास प्रशंसायोग्य रहेको बताउनुभएको छ ।
काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–१ निगालेमा बोलेरो दुर्घटना हुँदा पूर्व सांसद तथा नेकपा (एमाले) का केन्द्रीय सदस्य नबिना लामासहित ११ जना घाइते हुनुभएको छ ।
तनहुँको व्यास नगरपालिका–१०, बोटेगाउँ, कुमालटारीका बोटे समुदाय दसैँमा लागेको ऋण तिर्न बालुवामा सुन खोज्न नदी किनारतर्फ लागेका छन् ।
विश्वको सर्वोच्च शिखर सगरमाथा नेपालको शान, मान र गौरव पनि हो । सगरमाथासहित विभिन्न हिमालले नेपालको पहिचानलाई विश्वभर फैलाएको छ ।
नेपालीको महान् चाड दसैँ विगतजस्तो हर्षोल्लास हुन नसकेको स्थानीयको भनाइ छ । देशमा देखिएको चरम आर्थिक मन्दी र युवा जनशक्तिको पलायनले दसैँ विगतजस्तो बन्न नसकेको हो ।
गुल्मीको भार्सेमा पहिलेदेखि नै किबी खेती हुने गरेको थियो । पछिल्लो समय यस जिल्लाको विभिन्न स्थानमा किबी खेती हुने गरेको छ । हाल उत्पादन भएको किबी फल महँगोमा बिक्री भएपछि कृषकहरू यसको व्यावसायिक रूपमा खेती गर्न लागिपरेका छन् ।
नेपालको औपचारिक भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस र नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ ।
बाँके प्रहरीले तीन वर्षअघि जबरजस्ती करणी गरी फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ ।