बाजुराको बूढीगङ्गा नगरपालिका–९ को वडा कार्यालयमा सेवाबाट हटाइएकी काली थापाले ताला लगाउनुभएको छ। वडाले सेवाबाट हटाएपछि स्थानीयको सहयोगमा थापाले ताला लगाउनुभएको हो। साबिकको बाह्रबिस गाविसले २०६६ साल भदौमा थापालाई नियुक्त गरेको थियो।
प्राविधिक शिक्षातर्फ विद्यार्थीको आकर्षण घटेको छ। पाल्पाका ११ वटा सामुदायिक विद्यालयमा सञ्चालित प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या हरेक वर्ष घट्दै गएको छ। जिल्लामा प्राविधिक शिक्षा पठनपाठन गराउने विद्यालयको सङ्ख्या हरेक वर्ष थपिए पनि विद्यार्थीको सङ्ख्या भने घटेको छ। प्राविधिक शिक्षाको महत्व बुझाउन नसक्दा, प्राविधिक शिक्षाका बारेमा अभिभावकमा भएको अन्योलले प्राविधिक शिक्षा आर्जन गर्ने विद्यार्थीको सङ्ख्या कम हुँदै गएको बताइन्छ। पछिल्लो समय प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई वैदेशिक अध्ययन तथा रोजगारीमा समस्या देखिएका कारण पनि यो शिक्षामा आकर्षण कम भएको अभिभावकको बुझाइ छ।
मामाघर आएको छु । नुहाउन उति मन लागेको छैन । जाडो जो छ । ‘आज त अवश्य नुहाउँछु’ भन्दै हिम्मत जुटाउँछु ।
कालीकोटमा बालविवाहमा कमी आएको छ। लगातारको सचेतीकरण कार्यक्रमले तीन वर्षयता बालविवाहमा कमी आएको दाबी गरिएको छ। तथ्याङ्कले कालीकोटमा बालविवाहको दर ओरालो लागेको पाइएको छ। वि.सं. २०७६ मा जिल्लामा ६७ प्रतिशत रहेको बालविवाह तीन वर्षयता २०७९ सम्म आइपुग्दा घटेर ५० प्रतिशतमा झरेको छ। बालविवाह न्यूनीकरणका लागि काम गरिरहेको प्लान इन्टरनेसनल नेपाल र मानव अधिकार तथा वातावरण विकास केन्द्र हुरेन्डेक नेपालले तीन वर्षको छुट्टाछुट्टै गरेको सर्वेक्षणमा बालविवाह घटेको पाइएको हो।
काठमाडौँको धोबीधाराको गल्ली छिचोलेर केही अघि बढ्नासाथ भेटिनुहुन्थ्यो उहाँ आफ्नै घरमा । एक दशकपछि त्यही घरछेउ पुगेर सोधखोज गर्दा छाँगाबाट खसेजस्तै भएँ ।
पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाको एक दुर्गम बस्तीमा विद्युत्को पोल गाडेर तार टाँगिएको छ तर एक वर्षदेखि गाउँ अन्धकार छ। गाउँमा सडक नपुग्दा ट्रान्समिटर लैजान नसकिएपछि विद्युत् पूर्वाधार तयार भए पनि विद्युतीकरण हुन सकेको छैन।
सिँचाइ कुलो निर्माणका लागि प्राप्त बजेट किसानलाई थाहा नदिई सिँचाइ डिभिजन कार्यालयले फिर्ता पठाएपछि बैतडी मेलौलीका ५० घरपरिवारको १० हेक्टर खेत बाँझो हुने अवस्था आएको छ। मेलौली नगरपालिका–१, मुद्रे–स्यालतडीमा सिँचाइ कुलो निर्माणका लागि प्राप्त एक करोड २० लाख रुपियाँ बजेट सिँचाइ डिभिजन कार्यालयले फिर्ता गरेको किसानले आरोप लगाएका छन्।
यस्ता केही दृश्य कल्पना गरौँ जो हाम्रा दैनिक जीवनका घटना हुन् तर हामीले यिनहरूलाई ‘घटना’ बनाइरहेका हुँदैनौँ । एक विद्यार्थी कलेजमा ढिला आए । ढिला भएबापत उनलाई कारबाही गरियो तर भोलि पनि उसले यस्तै गरे ।
कैलालीमा बीजवृद्धिका क्षेत्रमा काम गरिरहेका कृषि सहकारी तथा समूहले गहुँ खेतीमा रङ्गिन गरिरहेका छन् । बीजवृद्धिका लागि गरिएको पाकेको गहुँ बालीमा जातीय शुद्धताका लागि रङ्गिन भइरहेको हो ।
वर्तमान एक्काइसौँ शताब्दीलाई विज्ञान र प्रविधिको युगका रूपमा चिनिन्छ। विज्ञान र प्रविधिको विकास तथा अनुसन्धानबिना कुनै पनि मुलुक अगाडि बढ्न नसक्ने अकाट्य तथ्य हो। विज्ञान प्रविधिको अध्ययन अनुसन्धानमा ठूलो लगानीको आवश्यकता पर्छ। हाम्रोजस्तो विकासशील मुलुकका निम्ति विज्ञान र प्रविधिको क्षेत्रमा ठूलो लगानी जुटाउनु कठिन विषय हो। सम्पन्न मुलुक विज्ञान तथा प्रविधिको क्षेत्रमा ठूलो लगानी गरी त्यसबाट नयाँ नयाँ प्रविधिको आविष्कार गरिरहेका छन्। त्यसबा
केही दिनदेखि राजधानी काठमाडौँ आएर आन्दोलन गरेका मिटरब्याज पीडितका समस्या बुझ्न उनीहरूसँग वार्ता गर्न सरकारले समिति गठन गरेको छ। यसअगाडि समेत गृह मन्त्रालयले मिटरब्याजसम्बन्धी गतिविधि भएको सूचना पाएमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउन अनुरोध गरेको थियो। पछिल्लो समयमा विभिन्न पत्रपत्रिका, सञ्चारमाध्यम, सामाजिक सञ्जालमा प्रकाशित मिटरब्याजसम्बन्धी समाचारप्रति ध्यानाकर्षण भएको भन्दै जानकारी गराउन मन्त्रालयले आग्रह गरेको हो। बोलचालमा, यो ब्याजलाई ‘मिटरब्याज’ भनिन्छ। ब्याज दर पानीको मिटरमा अङ्क जत्तिकै छिटो बढ्छ। ब्याज दर प्रायः साप्ताहिक वा मासिक
वि.सं १९९० मा पहिलो पटक सञ्चालन भएको एसएलसी मुलुक सङ्घीयतामा रूपान्तरण भएपछि केही वर्षअघिदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) को नाममा सञ्चालन भइरहेको छ। यस वर्षको एसईई चैत १७ देखि २६ गतेसम्म सञ्चालन हुनेछ। परीक्षा मूल्याङ्कन पद्धतिमा केही परिवर्तन भए पनि हाल न्यूनतम उत्तीर्णाङ्क (प्रयोगात्मक र मूल सैद्धान्तिक परीक्षा) तथा अक्षराङ्क/ग्रेडिङ पद्धतिलाई समायोजित रूपमा मूल्याङ्कनको आधार बनाइएको छ। शिक्षा (आठौँ संशोधन) ऐन, २०७३ कार्यान्वयनमा आएसँगै कक्षा १० एसईईको परीक्षा एवं कक्षा ११ र १२ को परीक्षासम्बन्धी कार्यहरूलाई राष्ट्रिय परीक्षा बोर्डको क्षेत्राधिकारभित्र आबद्ध गरिएको छ। साथै, कक्षा १० को परीक्षा प्रादेशिक स्तरमा सञ्चालन गर्ने र समग्र विद्यालय शिक्षाको परीक्षालाई समेत दिशानिर्देश गर्ने दायित्व राष्ट्रिय परीक्षा बोर्डको परिधिभित्र समाहित गरिएको छ।
टाइम्स हाइअर एजुकेसन वल्र्ड युनिभर्सिटी र्याङ्किङ, २०२३ अनुसार त्रिभुवन विश्वविद्यालय विद्यार्थी सङ्ख्याका आधारमा संसारकै ठूलो विश्वविद्यालय हो। उक्त संस्थाका अनुसार नेपालको स्थान विश्वस्तरमा ८०१–१००० र एसियालीस्तरमा २०१–२५०औँ स्थानमा रहेको उल्लेख छ। उक्त संस्थाले गरेको श्रेणीकरणको आधार भनेको शिक्षण अभ्यास विश्वविद्यालयको आय, विद्यार्थी–शिक्षक अनुपात, अनुसन्धान र प्रकाशन हो। नेपालको उच्च शिक्षाको विकासमा त्रिविको भूमिका उल्लेखनीय मात्र होइन, प्रशंसनीय भएको भन्दा अतिशयोक्ति हुँदैन।
स्वर्णभूमि लङ्का विजयपछि भाइ लक्ष्मणले दाजु रामलाई यतै बसौँ अब भन्दा श्रीरामले भन्नुभयो, “मलाई जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा प्यारो लाग्छ, त्यसैले यता नबसौँ, आफ्नैतिर जाऊँ।” सायद अहिले पनि यो भनाइ सार्थक नै छ। आज चैत्रशुक्ल नवमी अथवा रामनवमी हो। भागवतमा अहं सर्वेषु भूतेषु भनिएको छ, अर्थात् ईश्वर सबै प्राणी जगत्मा रहेका छन्। पूर्वीय चिन्तनमा परमेश्वरको चर्चा सबैतिर छ। परमेश्वर, परमतत्व, ब्रह्मभाव सबै जीवात्मामा निराकार रूप लिएर चित् स्वरूपमा रहेको र जगत्मा सगुण, साकार स्वरूप लिएर सर्वत्र, सर्वव्यापी भएको धर्मशास्त्रले पुष्टि गरेका छन्। हाम्रा श्रुति (वेद)हरूले परमतत्व जीवात्मामा आराम तìव लिएर हरप्राणीमा राम रहेको बताएका छन् भने स्मृति (पुराण)हरूले परमेश्वरका परमलीला प्रसङ्ग, अवतार कथा रसिलो ढङ्गले प्रस्तुत गरेका छन्।