तिहारलाई लक्षित गरेर आगामी मङ्गलबारदेखि ललितपुरको जावलाखेल मैदानमा १६ आैँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी हुने भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को आयोजनामा पुुष्प व्यवसायको व्यावसायिक विकास तथा प्रवर्धन गर्ने उद्देश्यका साथ मेला हुन लागेको हो । गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी रहेकाले गोदावरी फूलको विविध विधामा प्रतिस्पर्धा गराई पुरस्कृतसमेत गरिने भएको छ । प्रतिस्पर्धा हुने गोदावरीका प्रजातिमा मिनियचर, स्पाइडर, रिफ्लेक्स, इन्कर्भ र गोदावरीका कट फ्लावर रहेका छन् ।
चालु आर्थिक वर्षको तीन महिनामा आयात बढेको छ । भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार आयात असोज मसान्तसम्म अघिल्लो वर्षको सोही अवधिको तुलनामा आयात १.६९ प्रतिशतले बढेको हो । साउन र भदौमा कमी भएको आयात भने असोजमा आएर बजारमा माग बढेसँगै आयातमा केही सुधार देखिएको हो । यस वर्षको दसैँ ढिला भई कात्तिकमा पुगेकाले चाडपर्वका लागि हुने खपतका लागि आयात बढेको हो ।
पोखरामा पहिलो पटक विद्युतीय शवदाह गृह निर्माण भएको छ । काठमाडौँबाहिर निर्माण भएको यो पहिलो विद्युतीय शवदाह गृह हो । सहरी विकास मन्त्रालयले पोखरा–१०, रामघाटमा निर्माण गरेको शवदाह गृहको गत भदौ दोस्रो सातामा निर्माण सकिएको थियो । शवदाह गृहको शुक्रबार परीक्षण गरिएको छ । दुई शवलाई करिब ४५ मिनेटमा जलाइएको थियो । एक महिनासम्म परीक्षणका रूपमा शव दहन गरिसकेपछि शवदाह गृह पोखरा महानगरलाई हस्तान्तरण गर्ने तयारी छ ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले गाजामा बन्धक बनाइएका सबैलाई निःसर्त तत्काल रिहा गर्न आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको स्वागतमा आज सिंहदरवारमा रात्रिभोजको आयोजना गर्नुभएको छ ।
दक्षिणी इजरायलको किबुचमा प्रशिक्षणमा रहेका बेला आतङ्कवादी समूह (हमास) को आक्रमणमा परी ज्यान गुमाएका थप तीनजना नेपाली विद्यार्थीको शव पहिचान भएको छ ।
अन्तर्राष्ट्रिय तथा पर्यटन सम्बन्ध समितिका सभापति तथा प्रतिनिधिसभा सदस्य राजकिशोर यादवले संयुक्त राष्ट्रसङ्घको महासचिव एन्टोनियो गुटेरेस नेपालको सदनलाई सम्बोधन गर्नु गौरवको विषय भएको बताउनुभएको छ ।
नेपाल विद्युत प्राधिकरणले बाँकेमा लामो समयदेखि महसुल नतिर्ने २० हजार बढी ग्राहकको लाइन आइतबारबाट काट्न थालेको जनाएको छ ।
ताप्लेजुङमा पछिल्लो समय किवी फलको व्यावसायिक खेती गर्न थालिएको छ । किवीबाट राम्रो आम्दानी हुन थालेपछि किसानले व्यावसायिक खेती लगाउन थालेका हुन् ।
धनुषाको नगराइन नगरपालिका–६ लगमाका दुईसय जना किसानलाई कृषि कर्ममा प्रयोग गरिने औजार खुर्पी, हँसिया र कोदालो एक–एक थान वितरण गरिएको छ ।
मकवानपुर भीमफेदी गाउँपालिका –३ बेसारघारी घाँस काट्न जाँदा भीरबाट लडेर एक जनाको मृत्युभएको छ । स्थानीय ७० वर्षीय गणेशबहादुर स्याङतानको आइतबार दिउँसो भीरबाट लडेर मृत्युभएको हो ।
रुकुमपश्चिममा कुटपिटबाट गम्भीर घाइते हुनुभएका एक ज्येष्ठ नागरिकको उपचारको क्रममा मृत्यु भएको छ । घाइतेको मृत्युपछि कुटपिट गर्ने कार्यमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नेपालको औपचारिक भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले ऐतिहासिक एवं पुरातात्त्विक महत्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको अवलोकन गर्नुभएको छ ।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रिया टुङ्गोमा पुर्याउन आफ्नो दलको तर्फबाट सक्दो सहयोग गरिरहेको बताउनुभएको छ ।
नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको शान्ति प्रक्रियामा संयुक्त राष्ट्रसंघले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुभएको छ ।