• ११ मंसिर २०८१, मङ्गलबार

विश्वकपमा क्वालिफायर हुनु एकमात्र लक्ष्यः कप्तान पौडेल

blog

टी २० विश्वकपको एसिया छनोट खेलबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुँदै नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल । तस्बिर : गोरखापत्र

काठमाडौं, कात्तिक १२ गते । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले टि २० विश्वकपमा क्वालिफायर हुनु नै आफूहरुको एकमात्र लक्ष्य रहेको बताउनुभएको छ ।

भोलि (सोमबार)देखि काठमाडौंमा सुरु हुने टी २० विश्पकपको एसिया छनोट खेलबारे जानकारी दिन आइतबार कीर्तिपुरमा आयोजित पत्रकार सम्मेलनमना उहाँले यस्तो बताउनुभएको हो । उहाँले पछिल्ला ६ महिना यता ब्याटिङ राम्रो भएको बताउनु भयो । उहाँले पहिलाको कुरालाई बिर्सिएर मुख्य लक्ष्य अब आउने खेलमा लगाएको बताउनुभयो । उहाँले क्वालिफायर घरेलु मैदानमा भएको र आफूहरुले ठूलो अवसरको रुपमा लिएको जानकारी दिनुभयो । उहाँले कुनै पनि टिमलाई सहज रुपमा नलिएको र क्वालिफाइ हुने आफूहरुको लक्ष्य रहेको भनाइ व्यक्त गर्नुभयो । सबै खेलाडीहरुले आफूहरुको अनुभव प्रदर्शन गरेर विश्वकपमा छनोट हुनुपर्ने बताउनुभयो  ।

त्यस्तै, प्रशिक्षक मोन्टी देसाईले कुनैपनि टिमले विपक्षी टिमलाई कमजोर आँक्न नहुने बताउनुभयो । उहाँले नेपाली टिम लयमा रहेकाले आफ्ना कमजोरीलाई सुधार गर्दै अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले एकपटकमा एउटा खेलको रणनीतिका साथ अघि बढ्ने बताउनुभयो । उहाँले आफ्ना लागि सबै खेल महत्त्वपूर्ण रहेको औंल्याउनुभयो ।

कीर्तिपुर र मूलपानी क्रिकेट मैदानमा हुने विश्वकप छनोट यही कात्तिक १३ देखि १९ गतेसम्म आयोजना हुँदैछ । नेपाल रहेको समूह ए मा सिंगापुर, ओमान र मलेसिया छन् । समूह बी मा युएई, बहराइन, हङकङ र कुवेत छन् । छनोटको पहिलो खेलमा नेपालले कात्तिक १३ गते सिङ्गापुरसँग त्रिवि मैदानमा खेल्नेछ ।