• ३० वैशाख २०८२, मङ्गलबार

पाण्डव पार्क निर्माण सुरु

blog

दोलखा समाचारदाता

दोलखा, कात्तिक १२ गते । दोलखाको भीमेश्वर नगरपालिका–४ स्थित जिलु सामुदायिक वन क्षेत्रको ७५ रोपनी जग्गामा देउराली पाण्डव पार्क निर्माण सुरु भएको छ । गुरुयोजनामा उल्लेख भएकोमध्ये बागमती प्रदेशको एक करोड रुपियाँभन्दा बढी लगानीमा केही संरचना निर्माण भएका देउराली पाण्डव पार्क निर्माण उपभोक्ता समिति अनुगमन समिति संयोजक रामप्रसाद सापकोटाले जानकारी दिनुभयो । 

उहाँका अनुसार गुरुयोजनामा उल्लेख भएकामध्ये एक करोड २८  लाख रुपियाँमा पिकनिक भवन, दुई वटा ट्रसका टहरा, दुईकोठे शौचालय धारा, गोल आकारका छ वटा सुविधासम्पन्न यात्रु प्रतीक्षालय, करिब १५० मिटर लम्बाइ र २० मिटर चौडाइको ठुलो मैदान, १३०-१३० मिटर छेउ र भित्तामा रिटेनिङ वाल गत साल तयार भएको छ । यो वर्ष ट्रसका टहरा, दुईव टा गजेबु, १३० मिटर लम्बाइ तीन मिटर उचाइ दुई मैदानमा स्टेल बिछ्याइएको ३० मिटर, ढलान ३० मिटर, फलामे रेलिङ १३० मिटर, दुईकोठे शौचालय, एक हजार लिटर क्षमताको पानी ट्याङ्की एक, छ सय मिटरमा पाइप गाड्ने कार्य, ३० मिटरमा सिमेन्ट सिँढी, फलामे बेन्च ३० वटा, ३० मिटर वाल, किरा गुफाको ४५ मिटर घेराबार कार्य सम्पन्न भएको छ । खानेपानी लाइन जोड्ने, विद्युतीकरण र कम्पाउन्ड गर्ने कार्य बाँकी रहेको छ । किंवदन्ती तथा पौराणिक ग्रन्थमा उल्लेख रहेका पाँच पाण्डवको गुप्तवाससँग जोडिएको यो स्थललाई पुराताìिवक हिसाबले बहुवर्षीय योजना अनुसार निर्माण गर्दै लगिने उद्देश्य राखिएको छ । पाँच पाण्डवको गुप्तवास कता हुने भन्नेबारे यसै स्थलमा बसेर दृश्यावलोकन गर्दै निक्र्योल गरिएको भनाइ रहेको छ । संयोजक सापकोटाले भन्नुभयो, “त्यस बेलाका केही पदचिह्न पनि यहाँ रहेका छन् । दोलखा पौराणिक र धार्मिकका लागि महìवपूर्ण स्थल हो ।”

गुरुयोजना अनुसार करिब २९ करोड रुपियाँ लगानीमा यहाँ रहेको किरा गुफालाई मध्यबिन्दुमा पारेर धनुषको चिह्नसहितको सुरुमा गेट, गेटको दायाँपट्टिबाट गोलाकार हुँदै बालवाटिका, बुक कर्नर, पाँच पाण्डवको मूर्ति, किरा गुफाको सिरानको चट्टानमा देवीसहितको बाघको मूर्ति बनाइने लक्ष्य रहेको छ । कृष्ण अर्जुनको सारथि, बालवाटिका र पिकनिक भवनलाई जोड्ने पुल, सरसाई भीष्म पितामहको मूर्ति र बाल क्रीडाका लागि रोटेपिङ, झुलना, घुम्ने पिङलगायतका संरचना निर्माण हुने गुरुयोजनामा उल्लेख रहेको छ । सो स्थलबाट जिल्लाका रोल्वालिङ हिमशृङ्खलामा रहेका गौरीशङ्करलगायत हिमाल, कालिञ्चोक भगवती, सुन्द्रावती, हनुमन्ते, शैलुङलगायतका चारैतिरका महìवपूर्ण स्थलको दृश्यावलोकन गर्न सकिन्छ ।