• १५ कात्तिक २०८१, बिहिबार

बिपी साहित्य महोत्सव ‘सुखद तर अपर्याप्त’

blog

नेपाली कांग्रेसले यस वर्ष भदौ २४ देखि २६ गतेसम्म बिपी साहित्य महोत्सव गर्ने निर्णय गरेदेखि समाजको एउटा तप्काले नयाँ रक्तसञ्चार भएको अनुभव ग¥यो । खास गरी लेखक, सर्जक, साहित्यकारले यस्तो निर्णयलाई उच्च महìव दिएको पाइयो । नेपाली साहित्यिक इतिहासमा यो घटनाको विशिष्ट महìव रहने छ । विगतलाई हेर्दा यसलाई ‘अनौठो’ घटना भन्न सकिन्छ । सत्ता तथा शक्तिको जोड, घटाउ, गठन, विघटनमा केन्द्रित रहने दलहरूले साहित्य जस्तो ‘अनुत्पादक (?)’ विधालाई यस प्रकारको महìव दिएकाले ‘अनौठो’ मानिएको हुन सक्छ । विगतको अनुभव हेर्दा राजनीतिक दलहरूले साहित्यकारलाई सम्झने मूलतः दुई सन्दर्भ छन् । एक, आन्दोलनमा शक्ति देखाउन । दोस्रो, चुनावमा बहुमत पु¥याउन । अहिले कांग्रेसलाई आन्दोलनमा शक्ति प्रदर्शनार्थ साहित्यकारलाई सम्झनुपर्ने अवस्था थिएन न त चुनावी बहुमत पु¥याउन पर्ने अवस्था थियो तर सम्झियो साहित्य र साहित्यकारलाई । यस्तो घटनालाई अनौठो सुखद् संयोग नै भन्नु पर्छ, मान्नु पर्छ । 

बिपीको नाम धेरै सन्दर्भमा जोडिन पुग्छ । पञ्चायतकालमा प्रजातन्त्रमा विश्वास गर्ने तर खुला राजनीतिमा आउन सम्भव नभएका कतिपय साहित्यकारहरू प्रजातन्त्रलाई परोक्ष रूपमा समर्थन गर्दै बिपीको साहित्यमाथि लेख्ने गर्थे । बिपीलाई अराष्ट्रिय तìव भन्ने कतिपय पञ्च र दरबारियाहरू पनि उहाँको साहित्यको प्रशंसा गर्थे । कतिपय पञ्च बिपी साहित्यको प्रशंसा गरेर पञ्चायतलाई घुक्र्याउँथे । नजानिँदो तरिकाले कांग्रेसलार्ई फकाउँथे । बिपीको राजनीतिक विचारलाई पूरै निषेध गर्नेहरू पनि उहाँको साहित्यलाई निषेध गर्न सकिँदैन भन्थे । जति जतिखेर पञ्चायतले राजनीतिक बिपीलाई जेलमा थुन्थ्यो उति उतिखेर साहित्यका विप्र कोइराला प्रकट हुनुहुन्थ्यो । चाहेर पनि बिपीलाई निमिट्यान्न पार्न सकेन पञ्चायतले ।  

कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाशको विशेष पहलमा पार्टीले कार्यव्रmम तालिका बनाएरै बिपी साहित्य महोत्सव गर्ने निर्णय गरिएको थियो जुन निर्णय र  महोत्सव हरेक कोणबाट प्रशंसनीय छ । यद्यपि महोत्सवलाई अझ बढी व्यापक, वस्तुपरक र परिणाममुखी बनाउन सकिन्थ्यो तर महोत्सवको आवश्यकता महसुस र थालनी गर्नु नै पनि आफैँमा प्रशंसनीय पहल हो । यसलाई निरन्तर राखियोस् अहिलेलाई यति नै अपेक्षा गरौँ । 

बिपीको सन्दर्भमा साहित्य जोडिएपछि उहाँका बारेमा केही महìवपूर्ण घटना स्मरण गर्नु पर्छ । बिपी राम्रो साहित्यकार, लेखक, बिपीले महाकवि देवकोटालगायत साहित्यकारहरू सिद्धिचरण श्रेष्ठ, केदारमान व्यथितलगायतलाई अति सम्मान गर्दै उहाँहरूसँग सम्पर्क, अन्तव्र्रिmया तथा सहकार्य गर्नुभएको देखिन्छ । बिपीले तनहुँ जाँदा जहाजमा भानुभक्तको सालिक लिएर जानुभएको, साहित्यिक पत्रकार सङ्घद्वारा बिपीको अभिनन्दन गरिएको, जुनसुकै आस्थाका मूलतः युवा पुस्ताका लेखकसँग  खुला बहस गर्ने बिपीको स्वभाव साहित्यका सन्दर्भमा स्मरणीय छन् । 

यस्तै साहित्य र राजनीतिका बिपीलाई चिन्नु पर्दा उहाँका केही विचारलाई अघि सार्नु पर्छ । उहाँले पटक पटक दोह-याउनुभएको छ ‘म राजनीतिमा एउटा व्यक्ति र साहित्यमा अर्को व्यक्ति छु, तिनको कहिल्यै भेट भएको छैन ।’ भेट भएको छैन मात्र होइन उहाँले यी दुई व्यक्तित्वलाई अलग अगल राख्न सक्नुभयो । यो अभिव्यक्तिमा गरिएको नयाँ प्रयोग पनि हो । दुई व्यक्तित्वलाई न्याय गर्नुभयो । त्यसकारण बिपीलाई राजनीतिमा बिपी र साहित्यमा विप्र कोइराला भनियो भने उहाँप्रति न्याय हुनेछ । आफूलाई राजनीति र साहित्यमा अलग अलग राख्ने बिपीलाई एउटै पेटारोमा खाँदेर राखिदिने हो भने बिपीको व्यक्तित्व खज्याङमज्याङ भएको खादीको कपडा जस्तो हुनेछ । यसर्थ ‘विप्र कोइराला साहित्य महोत्सव’ भनिएको भए यो महोत्सव अझ साहित्यमय हुन्थ्यो । बिपीका दुई अलग व्यक्तित्वमध्ये विप्र कोइरालाले न्याय पाउने थियो । महोत्सवमा बिपीका साहित्य मात्र नभएर उहाँ सम्बद्ध वृत्तचित्र-चलचित्र, तस्बिर प्रदर्शन गरिएको थियो । बिपीको आर्थिक, कूटनीतिक, राजनीतिक विचारमाथि बहस गरिएको थियो । यसर्थ यो महोत्सवलाई ‘विप्र कोइराला वाङ्मय महोत्सव’ भनिएको भए अझ फराकिलो हुने थियो । महोत्सव पार्टी कार्यालयमा नभई अन्यत्रै, खासगरी सुन्दरीजल (बिपी सङ्ग्रहालय) मा राखिएको भए उपयुक्त हुने विचार पनि आएका थिए । यी विचार राम्रै हुन् । दोषी चस्माबाहेक बिपीका सबै जसो पुस्तक सुन्दरीजलमा लेखिएकाले सुन्दरीजलमा गरिने साहित्यिक महोत्सव अझ बढी सान्दर्भिक र मार्मिक हुनु स्वाभाविक हुन्थ्यो तर औपचारिक कार्यव्रmम, पाहुनाहरूको सहजता हेर्दा स्थानको चयनलाई बहसमा ल्याउनुपर्छ जस्तो लाग्दैन । कांग्रेसको पार्टी कार्यालयमा आउन अन्य दलसँग सम्बध साहित्यकालाई प्राविधिक समस्या हुने विचारलाई त पहिलो दृष्टिमा नै अस्वीकार गर्नु पर्छ । साहित्यकार विप्र कोइरालालाई कांग्रेस मात्र देखेर कांग्रेसको पार्टी कार्यालयमा आउन कोही लेखक तथा सर्जकलाई प्राविधिक समस्या हुन्छ भने त्यस्ता जीवहरू साहित्यकार हुन सक्दैनन् । बिपीलाई लेखन र विचारबाट बुझ्ने हो भने कसैलाई पनि सानेपा (कांग्रेस पार्टी कार्यालय) आउन असहज हुनु नपर्ने हो । ‘राजनीति चारैतिरबाट बन्द छ र कला चारैतर्फ खुला छ भन्ने बिपी विचारलाई उच्च महìव दिनुहुन्थ्यो र तद्अनुरूप रचनात्मक विद्रोह गर्नुभयो, वैकल्प्यको खोजी गर्नुभयो, स्थापनालाई भत्काउनु भयो, जडतालाई फुकाउनु भयो । रहस्यलाई धरातलमा छताछुल्ल गर्नुभयो र भन्नुभयो– मानिस पेटकै चिन्ताले मात्रै उत्प्रेरित हुँदैन, पेटकै नाममा मात्र आन्दोलित हुँदैन । रुसको समाजवादी क्रान्ति पेटभन्दामाथि चेतनाका लागि भएको हो । कला सुरक्षा चाहँदैन, स्वतन्त्रता चाहन्छ, उसलाई अरू हिँडिसकेको बाटोमा हिँड्न मन लाग्दैन, आफूले हिँड्ने बाटो आफैँ बनाउन चाहन्न । म राजनीतिमा समाजवादी हुँ भने साहित्यमा अराजकतावादी । यस्ता बिपीलाई अब पनि राजनीतिक घेरा र घरबाट मात्र बुझेर कहाँ, कसले कार्यव्रmम गरेको हो ? जाने कि नजाने ? भन्छ भने हामी साँगुरो हुनेछौँ । 

महोत्सवका विभिन्न बहसका विषयहरू समसाययिक र आकर्षक थिए तर वक्ताहरूको गृहकार्य नपुगेको स्पष्ट हुन्थ्यो । कतिपय प्रश्नको गम्भीर उत्तर आएनन् । कतिपय गम्भीर प्रश्न पनि आएनन् । कतिपय प्रश्नलाई वक्ताहरूले छुनै सकेनन् । यसले गर्दा कार्यक्रम केही फितलो देखियो । साथै आफूलाई प्रगतिशील भन्ने लेखकहरूले विप्र कोइरालालाई के भन्ने थिए भन्ने बारेमा एउटा विशेष सत्र सञ्चालन गर्न सकिन्थ्यो त्यसो भएन । प्रगतिशील साहित्यबारे बिपीका केही मान्यता छन् प्रगतिशील भनिनेहरूले बिपीमाथि कस्तो विचार राख्थे भन्ने एउटा उत्सुक सत्र÷कार्यक्रम बनाउन सकिन्यो । तर पनि पार्टी सभापति शेरबहादुर देउवा स्वयंले कार्यव्रmम उद्घटन गर्नु, महामन्त्रीद्वय थापा र शर्माको सव्रिmय सहभागितामा बहसका केही सत्र सञ्चालन हुन र सहायक महामन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा महोत्सव आयोजक समिति बन्नुले महोत्सवको तौल÷वजन बढाएको थियो तर विश्वेश्वरप्रसाद कोइरालाको नाम पनि शुद्ध लेख्न नसक्ने, विप्रका कुनै पनि साहित्यिक रचना नपढेका केही व्यक्तिलाई पार्टीभित्रको गुटगत सन्तुलनका लागि महोत्सव आयोजक समितिमा राखिनुलाई लज्जास्पद भन्नु पर्छ । कांग्रेसभित्र सिर्जनशील लेखक, साहित्यका असली पाठक, विप्रका साहित्य बुझ्ने विद्वान् नभएका होइनन् तर जुनसुकै सन्दर्भमा पनि भागबण्डा गर्ने संस्कृति साहित्य महोत्सव आयोजक समितिमा देखिनु दुर्भाग्य नै हो । कांग्रेसको औचपारिक सङ्गठनबाहिर विप्रका साहित्य बुझेका, नेपालको प्रजातान्त्रिक आन्दोलनमा वैचारिक र लेखकीय विद्रोहको नेतृत्व गरेका विशिष्ट साहित्यकार छन्, उहाँहरूकै संयोजकत्वमा वा बाहुल्यतामा महोत्सव समिति बनाएको भए कति उदार देखिने थियो कांग्रेस ? आयोजक संस्था भनेर नेपाली लेखक सङ्घलगायत केही संस्थालाई जोडिएको थियो तर प्रजातान्त्रिक विचार समाज, बिपी प्रतिष्ठान, बिपी चिन्तन प्रतिष्ठान जस्ता बिपीका बारेमा खोज अनुसन्धान गरिरहेका संस्थालाई उपेक्षा गरेर बिपीको नाममा आफू र आफ्नो संस्थालाई जोड्न खोजिएको गुनासोमा सत्यता नै छैन भन्न मिल्ने अवस्था देखिँदैन । 

व्रिmयापछि प्रतिव्रिmया आउनु विज्ञानसम्मत् नियम हो । महोत्सव गरिएकाले यसमा कमी कमजोरी भयो । महोत्सव नगरिएको भए यस्ता कमी कमजोरी हुने नै थिएनन् । व्रिmया नभएको भए प्रतिव्रिmया हुने थिएन । सङ्क्षेपमा भन्नुपर्दा साहित्यलाई हेर्ने राजनीतिक पार्टी र नेतृत्वको दृष्टिकोण परिवर्तन गर्न यो महोत्सव कोसेढुङ्गा भएको छ । साहित्य गफ गरेर खाने भीडको उपज मात्र हो भनेर बुझ्नु हुँदैन भनेर नै  वर्तमान युगले साहित्यलाई बौद्धिक उद्योगका रूपमा स्वीकार गरेको छ । विकसित समाजले साहित्यलाई ‘उद्योग’ भनिएपछि उद्योगलाई परम्परागत रूपमा उत्पादनका साधन मान्नेहरूले पनि साहित्यलाई सम्मान गर्नुपर्छ– कि यो उत्पादनको साधन नै हो । साहित्यलाई उत्पादनको साधन नमान्नु पर्ने विचारमा कुनै तर्क रहँदैन । एक त यो मानव क्षमता अभिवृद्धि गर्ने साधन हो । विचार उत्पादन गर्ने औजार हो । अर्कोतिर एउटा पुस्तक प्रकाशन गर्दा हुने गतिविधिलाई कुन अर्थशास्त्रले आर्थिक गतिविधि भन्दैन ? किताब छाप्दा हुने कागजमसीको आपूर्ति तथा खपत, श्रमशक्ति परिचालन, लगानी, उत्पादन, वितरण, यातायातको उपभोग, कारखानाको प्रयोग र गतिविधिलाई अर्थशास्त्र भनिन्छ भने साहित्यको अर्थशास्त्रलाई स्वीकार गर्नु पर्छ । यसर्थ साहित्यलाई सफ्ट इन्डस्ट्रिज, बौद्धिक उद्योग वा आर्थिक–सामाजिक उत्पादन जे भने पनि यो राज्य र नागरिकबाट अलग गर्न नसकिने सम्पदा हो भनेर स्वीकार गर्नु पर्छ । यसर्थ नेपाली कांग्रेस जो हेगेल र बिपीले भन्नुभए जस्तै मानिस पेटले मात्र होइन टाउको (मस्तिष्कले) पनि सञ्चालित हुन्छ भन्ने विचारबाट निःसृत पार्टीले साहित्यलाई यस प्रकारको महìव दिनुलाई धेरै कोणबाट प्रशंसा गर्न सकिन्छ । यसमा देखिएका प्राविधिक तथा प्रव्रिmयागत कमी कमजोरीलाई आगामी दिनमा सुधार गर्न सकिने छ । अन्य पार्टीले पनि साहित्य, कला, मनोरञ्जन समग्रमा वाङ्मय लक्षित कार्यव्रmम गरेर देशमा राजनीतिबाहेक अन्य विषयमा पनि बहस हुन सक्छ, जहाँ देशका मुर्धन्य प्रतिभा अटाउँछन् भन्ने यथार्थ स्वीकार गर्ने हो भने नेपाली वाङ्मयको श्रीवृद्धिमा विशिष्ट योगदान पुग्ने छ । 

मदन भण्डारी फाउन्डेसनद्वारा आयोजित हिमवत् खण्ड कला साहित्य सम्मिलन (२०७५) मा सर्जकलाई चन्द्रागिरि केबुलकारको यात्रा, महँगा होटलको बास, आते जाते खर्च, जङ्गलमा कविता लेखन तथा वाचन जस्ता हाईफाईयुक्त कार्यव्रmम देखेका साहित्यकारहरू बिपी साहित्य महोत्सवमा खल्लो महसुस गरेका हुन सक्छन् । यस पटक पनि त्यसै किसिमको रमाइलो अपेक्षा गरेका थिए होलान् तर साधारण चियापानमा बिपी साहित्य महोत्सव सम्पन्न गरिएको आयोजकहरूले स्पष्ट गरेका छन् । हिमवत् खण्ड कला साहित्य सम्मिलन (२०७५) का लागि तत्कालीन ओली सरकारले मदन भण्डारी फाउण्डेसनलाई ५० लाख रुपियाँ दिएको थियो । त्यसै अनुरूप खानेबस्ने, यातायातलगायत सुविधाजनक व्यवस्था गरिएको थियो तर नेपाली कांग्रेस केन्द्रीय प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार ‘साथीहरू आफैँले खर्चपानीको व्यवस्था गर्नुभयो ।’ महोत्सवका लागि कहीँ कतैबाट चन्दा वा सहयोग लिएको थिएन । यो राम्रो पक्ष हो तर साँगुरो ठाउँमा किनेर खान्छु भन्दा पनि खान नपाउने अवस्थामा सुधार गर्नै पर्छ । 

तीन दिने महोत्सव (भदौ २४–२६) कै बिच संविधान सभाका अध्यक्ष एवं एमाले नेता सुवास नेम्वाङको निधनका कारण २६ गतेको कार्यव्रmम स्थगित गरेर कांग्रेसले सम्मानको परम्परा बसाउन चुकेन तर २६ गते नै निधन भएका सशक्त कथाकार राजेन्द्र पराजुलीको शोकमा पनि कार्यक्रम स्थगित गरिएको समाचार आएको भए साहित्यको सम्मान हुने थियो । साहित्य महोत्सव भन्दै गर्दा राजनीतिक पात्रको निधनमा कार्यक्रम स्थागित गर्नु तर साहित्यकारको बारेमा अनभिज्ञ रहनु शोभनीय देखिएन । २६ गते हुनुपर्ने कार्यव्रmम नौ दिनपछि असोज ३ गते सम्पन्न गरेर महोत्सवको मैजारो गरियो । यस पटकको कार्यव्रmमलाई सङ्क्षेपमा मूल्याङ्कन गर्नुपर्दा ‘सुखद् तर अपर्याप्त’ भन्नुपर्छ । सम्बद्ध पक्षबाट महोत्सवको समीक्षा हुनेछ, जसले आगामी दिनमा गर्नुपर्ने परिमार्जन र परिवर्तनको खाका तयार गर्ने छ ।