• २१ कात्तिक २०८२, शुक्रबार

लेबनानमा भएको इजरायली आक्रमणको इरानद्वारा निन्दा

blog

तेहरान, कात्तिक २१ गते । इरानले लेबनानमा भएको इजरायली आक्रमणलाई “बर्बरता”को संज्ञा दिदै शुक्रबार कडा निन्दा गरेको छ । विज्ञप्ति जारी गर्दै इरानी विदेश मन्त्रालयले “संयुक्त राष्ट्र सङ्घ, अन्तर्राष्ट्रिय समुदाय र क्षेत्रीय देशलाई इजरायलको बर्बरताको सामना गर्न” आग्रह गर्दै आक्रमणको क्रममा ज्यान गुमाएका लेबनानी नागरिकप्रति समवेदना” व्यक्त गरेको छ ।

इजरायलले सन् २०२४ नोभेम्बरमा लेबनानसँग युद्धविराम सम्झौतामा हस्ताक्षर गरेको थियो । इजरायलले पछिल्लो आक्रमणको उद्देश्य गत वर्ष नेता हसन नस्रल्लाहको हत्यासहित ठुलो क्षति बेहोरेपछिको प्रतिसोध स्वरुप भएको जनाएको छ । हेजबुल्लाहको प्रमुख समर्थक तेहरानलाई गत जुनमा भएको १२ दिने द्वन्द्व तथा पछिल्ला इजरायली र अमेरिकी आक्रमणमा पनि लक्षित गरिएको बताइएको छ । रासस/एएफपी