जाजरकोट केन्द्रबिन्दु बनाएर गए राति गएको भूकम्पमा परी घाइते भएकाहरूको सहयोगका लागि गैरआवासीय नेपाली सङ्घले १० लाख रुपियाँ सहयोग गर्ने घोषणा गरेको छ । सङ्घले शनिबार विज्ञप्ति जारी गर्दै सो सहयोग घोषणा गरेको हो ।
भारतको राजधानी प्रदूषणको गम्भीर चपेटामा परेको छ । भारतको राजधानी नयाँ दिल्ली फेरि एकपटक प्रदूषणको चरम सङ्कटमा परेको हो ।
इजिप्टले डिजेलको मूल्यलाई अपरिवर्तित राख्दै आन्तरिक पेट्रोलको मूल्य बढाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ । जाजरकोटलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएर जनधनको क्षतिपछि प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् बैठक बोलाउनु भएको हो ।
जाजरकोट केन्द्रबिन्दु बनाएर आएको भूकम्पमा परी घाइते भएकाहरूको उपचारका लागि रगत सङ्कलन गरिएको छ । नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र बाँकेमा हालसम्म ४३ जनाले रक्तदान गरेका छन् ।
कर्णाली प्रदेश सरकारले भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिममा गैरखाद्य सामग्री र चिकित्सक टोली पठाएको छ । रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा सेनाको टोली र जाजरकोटमा अप्रेसन गर्ने चिकित्सक टोली प्रदेश सरकारले शनिबार बिहान पठाएको हो ।
अर्थमन्त्री डा.प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा अघि बढिरहेको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को १५ औँ वार्षिकोत्सव समारोहमा उहाँले सकारात्मकतर्फ उन्मुख अर्थतन्त्रलाई थप चलायमान बनाउन सबै सरोकारवाला संयमित भएर लाग्नुपर्ने खाँचो औँल्याउनुभयो ।
राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पबाट पीडितहरूको उद्धार, राहत र घाइतेको शीघ्र उपचारको व्यवस्थापन कार्यलाई तीव्रता दिन प्रधानमन्त्री तथा गृहमन्त्रीलाई आग्रह गर्नुभएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले भूकम्पपीडितको उद्धार र उपचारमा कुनै पनि कसर बाँकी नराखेर काम गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।
सरकारले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा नेपाल टेलिकमका फोन र एसएमएस निःशुल्क गर्ने व्यवस्था गरेको छ ।
भूकम्पमा परी घाइते भएका यहाँका ३० जना उपचारपछि घर पठाइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायव निरीक्षक नमराज भट्टराईले जिल्ला अस्पताल सल्ले र नगर अस्पताल आठबिसकोटबाट ३० जना उपचारपछि घर पठाइएको जानकारी दिनुभयो ।
भूकम्प प्रभावित क्षेत्रमा तत्काल सहजरुपमा बिजुली उपलब्ध गराउनका लागि आवश्यक जनशक्तिसहितको स्रोत साधन परिचालन गर्न ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिनुभएको छ ।
गत बुधबारदेखि बाँकेको कोहलपुरमा सञ्चालन आएको ‘मुख्यमन्त्री कोहलपुर गोल्डकप २०८०’ को आज शनिबार हुने खेलमा टिकट विक्रीबाट आउने रकमको २५ प्रतिशत रकम जाजरकोटका भूकम्प पीडितलाई प्रदान गरिनेभएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रका लागि तत्काल एक करोड सहयोग उपलब्ध गराउने भएको छ । प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रका लागि तत्काल कर्णाली प्रदेश सरकारको कोषमा सहयोग गर्ने निर्णय गरेको हो ।
गण्डकी प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रमा चिकित्सकसहितको स्वास्थ्यकर्मी टोली पठाएको छ । भूकम्प प्रभावितहरूको उद्धार र उपचारमा सहयोग गर्ने उद्देश्यले डाक्टर विकास गौचनको नेतृत्वमा विशेषज्ञ चिकित्सकसहितको टोली त्यसतर्फ गएको हो ।